
धनुषा । धनुषामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । चुनावी बिषयलाई लिएर नगराइन नगपालिका–८ अकौरामा कांग्रेस र एमालेका कार्याकर्ताबीच झडप भएको हो ।
शनिबार राति करिब साढे ११ बजेको समयमा चुनावी विषयमा भएको विवाद उग्ररुप लिइ झडप भएको हो । झडपमा एमालेका स्थानीय २१ वर्षका इन्द्रकुमार पासवान र ४३ वर्ष अरविन्द्र पासवान घाइते भएका छ्न् । दुबै जनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।
घाइतेका अनुसार कांग्रेसका महेन्द्र यादव र काशिन्द्र यादवले कुटपिट गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुई पक्षबीच भएको झडप विषयमा अनुसन्धान भइरहेको छ । खबरडबली बाट सभार



