बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ।

एमालेका कृष्ण पौडेलले २५ मत प्राप्त गरेका छन्। उनलाई माओवादी केन्द्रका मेयर पदका उम्मेदवार राजन पौडेलले पछ्याइरहेका छन्। उनले १६ मत प्राप्त गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचन अधिकृत भीमप्रसाद भूर्तेलले मतपत्र मिलाउने काम सकिएको र गणना अगाडि बढेको जानकारी दिए। ‘हामी केहीबेरमा थप विवरण बाहिर ल्याउँछौँ’, उनले भने, ‘वडा नं १ र २४ बाट गणना भैरहेको छ।’