तेस्रो चरणमा स्थानीय तहको निर्वाचन भएको एक मात्र महानगरपालिका वीरगञ्जमा मंगलबार दिउँसोदेखि मतगणना सुरू भएको छ।

वीरगञ्ज महानगरपालिकामा सिसी क्यामेराको निगरानीमा तार जालीभित्र मतगणना सुरू भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना सुरू भएको हो। महानगरको नयाँ मेयरका लागि सोमबार मतदान भएको थियो।

वीरगञ्ज नगरप्रमुखमा नेपाली कांग्रेसबाट अजय द्विवेदी, नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारी, नेकपा एमालेबाट बसुरुद्धीन अन्सारी, संघीय समाजवादी फोरमबाट विजय सराबगी र फोरम लोकतान्त्रिकबाट विमल श्रीवास्तव प्रतिस्पर्धामा छन्।

वीरगञ्ज महानगरपालिका, पोखरीया, महुदरमाई गरी दुई नगरपालिका तथा १० वटा गाउँपालिका छन् । दुई लाख ८० हजार १११ मतदाता रहेका छन् ।