सप्तरीको सप्तकोशी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार प्रतिष्पर्धीभन्दा दोब्बर बढीमतले अगाडि छन्।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र कुमार लम्सालका अनुसार सप्तकोशी–१ को १७७७ मत गणना हुँदा मेयरमा एमाले उम्मेदवारले ८१५ मत ल्याएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माओवादी केन्द्रका उम्मेदवार ३७६ मत पाएका छन्। कांग्रेस उम्मेदवारले २१९ मत पाएका छन्।

सो वडामा एमालेको प्यानल नै विजयी भएको छ। महेन्द्र राजमार्गदेखि १३ किलोमिटर उत्तरमा पर्ने यो वडामा राजपा र समाजवादी फोरमले उम्मेदवारी नै दिएका थिएनन्।