बाराको बारागढी गाउँपालिकाको मतगणना अवरुद्ध भएको छ । नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि दुई घण्टा देखि मतगणना अवरुद्ध भएको छ ।

माओवादीका प्रतिनिधिले मतपत्र च्यात्नखोजेसँगै त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्य दलका प्रतिनिधिले मतगणना पुन सुचारु गर्नका लागि प्रयास गरिरहेका छन् ।

यसअघि माओवादीका प्रतिनिधिले भरतपुर महानगरपालिकामा मतगणना जारी हुँदा मतपत्र च्यातेका थिए । त्यहाँ पुन मत दान भएको थियो ।

जनकपुर उपमहानगरपालिकामा मतपत्रको सुरक्षा भन्दै तार जालीले घेरेर मतगणना भइरहेको छ ।