
काठमाडौं । वीरगञ्ज महानगरपालिकाको प्रारम्भिक रुजान(मतगणना)मा राष्ट्रिय जनता पार्टीका उम्मेदवार मुख्य दल काँग्रेस र एमालेभन्दा झण्डै दोब्बर मतले अगाडि छन् । राजपाको पकड क्षेत्र मानिएको एक नं क्षेत्रको मतगणनाको क्रममा राजपाले प्रमुखमा ८३ मतका साथ अग्रता हाँसिल गरेको हो । उपप्रमुखमा राजपाका उम्मेदवारको ८९ मत रहेको छ ।

त्यस्तै, दोस्रोमा संघीय समाजवादी फोरमको प्रमुखमा ५६ मत र उपप्रमुखमा ५४ मत आएको छ । तेस्रो हुनेमा काँग्रेस र एमालेका उम्मेदवारको बराबर मत आएको छ । दुबै पार्टीको मेयरका लागि ४५÷४५ मत आएको छ भने उपप्रमुखमा काँग्रेसको ४८ र एमालेको ४३ मत आएको छ ।

त्यसपछिको स्थानमा फोरम लोकतान्त्रिकको मेयरमा २५ र उपमेयरमा २० मत आउँदा माओवादीको भने मेयरमा २४ र उपमेयरमा १४ मत आएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



