जितपुर–सिमरा उपमहानगर 

एमालेका कृष्ण पौडेल १७८७

कांग्रेसका कृष्णव्रत सिंह १३१२

माओवादी केन्द्रका राजन पौडेल १२०२

जनकपुर उपमहानगर
राजपा लालकिशोर साह ४४३

कांग्रेस मनोजकुमार साह १५६

एमाले सूर्यनारायण भगत १२

लोकतान्त्रिक फोरम हंसराज साह १२

कलैया उपमहानगर
समाजवादी फोरमका प्रमोदप्रसाद गुप्ता १२८

एमालेका विनोद साह ८८

कांग्रेसका राजेश राय यादव ६३

माओवादीका मुकेश साह २४

राजपाका जयप्रकाश साह ९

एमाले पहिलो दल हुने निश्चित भयो 
झलनाथ खनाल, वरिष्ठ नेता
प्रदेश नम्बर २ को आठ जिल्लामा समग्र जनमतका हिसाबले धेरैअघिदेखि एमाले अघि थियो । एमालेलाई घेराबन्दी गरेर एक्लो बनाउन थुपै्र शक्तिकेन्द्र लागे, विभिन्न किसिमका हथकण्डा अपनाइयो, अराजकता फैलाइयो । कतिपय उम्मेदवारको घरमै बम हान्ने कामसमेत भयो । यी सबै कुराका बाबजुद प्रारम्भिक परिणामबाट एमाले प्रदेश नं. २ मा पनि मुख्य शक्ति हो भन्ने तथ्य पुनस्र्थापित हुुँदै छ । नतिजा आउन बाँकी छ, तर यो तथ्यलाई कसैले यताउति गर्न सक्नेछैन ।

 

माओवादीका लागि नतिजा सन्तोषजनक
मातृका यादव, माओवादी केन्द्र
अहिलेसम्म प्रदेश नम्बर २ का १३६ तहको मतगणना हुन सकेको छैन । केही तहको मात्र गणना भइरहेको छ । धनुषा, सिरहाजस्ता जिल्लामा राम्रो संकेत देखिएको छ । अरू जिल्लामा पनि खासै नराम्रो रिपोर्ट आएको छैन । प्रारम्भिक रूपमा आएको नतिजा हेर्दा सन्तोषजनक नै देखिन्छ । बुधबारसम्म धेरै मतगणना हुन्छ, त्यसपछि निर्वाचनको समग्र समीक्षा गर्न सकिएला । मधेसमा विचार, दर्शन, सिद्धान्त, नैतिकताको राजनीति हरायो । पैसा र पावर हुनेले टिकट पाएको देखियो ।

 

कांग्रेसले अझै धेरै स्थान जित्न सक्थ्यो
रामचन्द्र पौडेल, कांग्रेस नेता
तराई मधेसका जनता अल्मल्याउने कुरासँग सहमत छैनन्, स्थिरता चाहन्छन् भन्ने विषय सिद्ध भएको छ । निर्वाचन परिणामले मधेसी दलहरूलाई पनि पाठ सिकाएको छ । तराईमा कांग्रेस एकातिर र अरू सबै पार्टी अर्कोतिर हुनुपर्ने हो । तर, हामीले टिकट वितरणलाई राम्रो बनाउन सकेनौँ । टिकटमा साथीहरूले गडबड गर्न पुगे । यस्तो हुुँदाहुँदै पनि जनताले भोट दिएका छन् । तर, जति ठाउँमा जित्नुपर्ने हो त्यस्तो हुने अवस्था छैन । यो पार्टी नेतृत्वको कमजोरी हो ।

 

मनी र मसलको बलमा मत आएको छ
राजेन्द्र महतो, राजपा
अहिले आइरहेको मतपरिणाम अन्तिम होइन । अन्तिम समयसम्म मतपरिणाम अहिलेको भन्दा उल्टो पनि हुन सक्छ । राजपा मधेसमा पहिलो नभए पनि दोस्रो दल हुन्छ । राजपामा आधाभन्दा बढी विद्रोह भयो । आन्दोलनमा लागेकाहरू प्रतिबद्ध भएर राजपालाई मत दिए भने पद र पैसाका लागि आएकाहरू टिकट नपाएको झोकमा हराउन लागे । कसले कति मनी र मसल प्रयोग ग¥यो, त्यसै आधारमा मतपरिणाम आएको छ । वास्तवमा यो सैद्धान्तिक मत होइन ।

 

 

फोरमको उपस्थिति बलियो 
रत्नेश्वरलाल कायस्थ संघीय फोरम
मधेसमा स्थानीय निर्वाचन निकै शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भयो । अहिले जति पनि परिणाम आइरहेको छ, त्यो राजमार्गआसपासका स्थानीय तहका हुन् । प्रारम्भिक तथ्यांकका आधारमा विश्लेषण गर्न सकिँदैन । कुन दलले अग्रता लिन्छ भन्ने मधेसको भित्री स्थानीय तहको मतगणनापछि आकलन गर्न सकिन्छ । तर, हाम्रो उपस्थिति बलियो हुन्छ, यसमा कुनै शंका छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah