काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा मतगणना जारी छ । प्रदेश नम्बर दुईको एक मात्र महानगर वीरगन्जमा राजपाका उमेदवार राजेशमान सिंहले अग्रता कायमै राखेका छन् भने उनलाई कांग्रेसका अजय द्विवेदीले कडा टक्कर दिएका छन् ।

पहाडी मूलका सिंहले हालसम्म १ हजार २ सय ४५ मत प्राप्त गरेका छन् । द्विवेदीले १ हजार १ सय ४ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका संघीय समाजवादीका विजय सरावगीले ५ सय ९० मत प्राप्त गरेका छन् । चौँथोमा एमालेका बसरुद्दिन अन्सारी रहेका छन् । उनले ५ सय ७७ मत ल्याउँदा पाँचौमा रहेका माओवादी केन्द्रका युवा उमेदवार रहवर अन्सारीले ४ सय ६५ मत ल्याएका छन् ।

निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार हाल ३०, ३१, ३२ र १, २, ३ नम्बर वडाको मतगणना भइरहेको छ ।

गणनाभइरहेका मध्ये १, २, ३ नम्बर वडा राजपाको पकेट क्षेत्र मानिन्छ । ३ नम्बर राजपाका उमेदवार राजेशमान सिंहको वडासमेत हो । ३०, ३१, ३२ नम्बर वडा कांग्रेसको राम्रो जनमत भएको ठाउँ हो । कुल १ लाख ८ हजार ५ सय १ मतदाता रहेको वीरगन्जमा ७० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । र, मेयर पदमा ३५ जना आकांक्षी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah