५ असोज,काठमाडौं । प्रदेश नम्बर २ मा असोज २ गते भएको स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेस र नेकपा एमालेले अग्रता लिएका छन् । १३६ मध्ये १५ स्थानीय तहको मतपरिणाम आउँदा कांग्रेस र एमाले बराबर देखिएका हुन् ।

आज बिहान १० बजेसम्मको अपडेटमा एमाले र कांग्रेसले बराबरी चार स्थानीय तह जितेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माओवादी, राजपा र फोरम लोकतान्त्रिकले दुई–दुई स्थानीय तह जितेका छन् । संघीय समाजवादी फोरमले एक स्थानीय तह जितेको छ ।

केही स्थानीय तहको मतगणना अन्तिममा पुगे पनि औपचारिक घोषणा हुन बाँकी रहेकाले यहाँ समेटिएको छैन । अग्रताको हिसाबले नेपाली कांग्रेसले पहिलो स्थान कायमै राखेको छ ।

कहाँ कसले जिते ?

एमालेले जितेका स्थानीय तह

१. सप्तकोशी नगरपालिका,सप्तरी

२. बटेश्वर गाउँपालिका,धनुषा

३. मुखियापट्टी मुसहरनीया गाउँपालिका,धनुषा

४. पटेर्वा सुगौली गाउँपालिका,पर्सा

कांग्रेसले जितेका स्थानीय तह

१. औरही गाउँपालिका,धनुषा

२. जनकनन्दिनी गाउँपालिका,धनुषा

३. नवराजपुर गाउँपालिका,सिरहा

४. बिष्णुपुर गाउँपालिका,सप्तरी

५. धनकाैला गाउँपालिका

माओवादीले जितेको स्थानीय तह

१. कर्जन्हा नगरपालिका,सिरहा

२.अर्नामा गाउँपालिका,सिरहा

संघीय फोरमले जितेका स्थानीय तह

१. विष्णुपुर गाउँपालिका,सिरहा

२. भगवानपुर गाउँपालिका, सिराह

राजपाले जितेका स्थानीय तह

१. हंशपुर नगरपालिका,धनुषा

२.कौडेना गाउँपालिका,सर्लाही

लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह

१. इशानाथ नगरपालिका,रौतहट

२.बिष्णु गाउँपालिका,सर्लाही