दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ। पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये चार वटामा मतगणना सकिएर विजेता घोषित भइसकेको छ भने बाँकी स्थानमा गणना जारी छ।

मतगणना सकिएकामध्ये नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपाल एक-एक स्थानमा विजयी भएको छ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका प्रमुखमा एमालेका हरिनारायण चौधरी विजयी भएका छन्। माओवादी केन्द्रका पदमलाल श्रेष्ठले ठोरी गाउँपालिका प्रमुख जितेका छन्। त्यस्तै, विन्दवासिनी गाउँपालिकामा फोरम नेपालका श्रीलाल साह कानु र कालिकामाई गाउँपालिका प्रमुखमा राजपा नेपालका नथुनी कुशवाहा विजयी भएका छन्।

अन्तिम नतिजा घोषणा हुन बाँकी १० स्थानमध्ये नेपाली कांग्रेस सबभन्दा बढी ३ स्थानमा अगाडि छ। कांग्रेसले वीरगन्ज महानगरपालिकासहित जिराभवानी गाउँपालिका र बहुदरमाई नगरपालिकामा अग्रता लिएको छ।

संघीय समाजवादी फोरम नेपाल धोबिनी गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकामा अगाडि छ। माओवादी केन्द्रका उम्मेदवार पकाहा मैनपुर गाउँपालिकामा अग्रस्थानमा छन्। त्यस्तै, नेपाली जनता दल पोखरिया नगरपालिकामा अगाडि छ।

बाँकी तीन स्थानको नतिजा प्राप्त हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah