बारा कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेको अग्रता कायम छ। शुक्रबार बिहानसम्म गणना भएको ७७०२ मतमध्ये एमालेका मेयर उम्मेदवार विनोद प्रसाद साहले २८१७ मत पाएका छन्।

उनलाई पछ्याइरहेका संघीय समाजवादी फोरमका प्रमोद प्रसाद गुप्ताले २५१३ मत ल्याएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै तेस्रो स्थानमा कांग्रेस उम्मेदवार राजेश राय यादवको मत २१६९ छ। माओवादी केन्द्रका उम्मेदवारको १०२४ र राजपाको ९२५ मत छ।

उपमेयरमा पनि एमालेकै अग्रता छ। एमाले उम्मेदवार प्रतिमा कुमारी यादवले २६६८ मत पाएकी छन् भने समाजवादी फोरमकी लक्ष्मी देवी पटेलले २०७७ मत पाएकी छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी रहिमा खातुनले १८७७ मत पाएकी छन्। मतगणना जारी छ।