सिरहाको सुखीपुरमा एमाले विजयी

सिरहाको सुखिपुर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा एमालेका मेयर उम्मेदवार राम औतार यादव ६१११ मत र उपमेयरमा रेणु देवी साह ६०८६ मत ल्याएर विजयी भएका हुन् ।

मेयरका निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमका मेयर उम्मेदवार लक्ष्मण चाैधरी ४१८६ मत र उपमेयरमा नेकपा माओवादी केन्द्रका दिप नारायण यादव ३३५४ मत ल्याएका छन् ।

नेकपा एमालेले सुखिपुरमा ५ वटा वडा समेत जितेको छ । सुखिपुर नगरपालिकामा संघीय समाजवादी फोरम र नेकपा माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए ।