७ असोज, सिमरा । शनिबार साँझसम्म बाराका १० स्थानीय तहका मत परीणाम सार्वजनिक भइसकेको छ । जसमध्ये कांग्रेस, राजपा र संघीय समाजवादी फोरमले समान ३/३ स्थानीय तहमा जितेका छन् भने एक स्थानीय तहमा फोरम लोक्तान्त्रिक विजयी भएको छ ।

अन्य तहमा मतगणना जारी छ । शनिबार ६.३० बजेको पछिल्ल्ाो तथ्यांक अनुसार दुई उपमहानगरपालिका जितपुरसिमरा र कलैयामा एमालेको अग्रतो छ भने कोल्हबी नगरपासलकामा पनि एमालेकै अग्रता छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै महागढीमाई नगरपालिकामा कांगेसको अग्रता छ र उसलाई संघीय फोरमले छ्याइरहेको छ । आदर्श कोतवाल र बारागढी गाउँपालिकामा बिभिन्न कारणले स्थगित गरिएको गणना सुचारु गरिएको छ ।

१. निजगढ नगरपालिका

प्रमुखः सुरेश खनाल, कांग्रेस

उपप्रमुखः लिलादेवी लामिछाने, एम्ााले

१३ वडा मध्ये ८ एमाले, ५ कांग्रेस

२. सिम्रौनगढ नगरपालिका

प्रमुखः विजयशंकर यादव, कांग्रेस

उपप्रमुखः रिमा देवी , राजपा

११ वडामध्ये अधिकांशमा राजपा

३. पचरौता नगरपालिका

प्रमुखः रमेशकुमार यादव, फोरम

उपप्रमुखः इन्दुकुमारी, राजपा

९ वडा मध्ये ३ फोरम, २ एमाले र एक-एक राजपा र माओवादी

४. करैयामाई गाउँपालिका

अध्यक्षः भुनेश्वर धामी, कांग्रेस

उपाध्यक्षः चित्ररेखा चौधरी, कांग्रेस

८ वडा मध्ये ३ फोरम, २ कांग्रेस, २ एमाले र १ माओवादी

५. देवताल गाउँपालिका

अध्यक्षः चन्दन सिंह, राजपा

उपाध्यक्षः रामपती देवी महतो, राजपा

७ वडा मध्ये ४ राजपा, २ फोरम र १ माओवादी

६. परवानीपुर गाउँपालिका

अध्यक्षः हरिनारायण शाह कलवार, राजपा

उपाध्यक्षः साबित्रीदेवी पटेल, राजपा

५ वडामध्ये २ कांग्रेस, २ राजपा र १ फोरम

७. फेटा गाउँपालिका

अध्यक्षः अमेरीलाल साह, फोरम

उपाध्यक्षः कमरुन खातुन, फोरम

७ वडा मध्ये ४ फोरम लोकतान्त्रिक, २ एमाले र १ फोरम

८. विश्रामपुर गाउँपालिका

अध्यक्षः अमेरी पाल, फोरम लोकतान्त्रिक

उपाध्यक्षः सुमित्रा देवी, फोरम लोकतान्त्रिक

९. सुवर्णपुर गाउँपालिका

अध्यक्षः महेन्द्र यादव, फोरम

उपाध्यक्षः कविता यादव, फोरम

८ वडामध्ये ४ वटा मा फोरमको जित

१०. प्रसौनी गाउँपालिका

अध्यक्षः भोला प्रसाद गुप्ता, राजपा

उपाध्यक्षः गीता शाह, राजपा

जम्मा ७ वडा मध्ये ४ राजपा, २ माओवादी, १ कांग्रेस