वीरगन्ज महानगरपालिकाको पछिल्लो परिणामअनुसार मेयरमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीच जम्मा १४ मतको अन्तर छ।

दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्जको जारी मतगणनामा मेयरका लागि नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवारबीच टक्कर छ। सुरुमा राजपाले अग्रता लिएको वीरगन्जमा पछिल्लो समय कांग्रेसका अजय द्विवेदीले अग्रता लिएका छन् भने उनलाई फोरम उम्मेदवार विजय सरावगीले अत्यन्त कम अन्तरका साथ पछ्याइरहेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो नतिजामा कांग्रेसका द्विवेदीले ८२४२ मत ल्याएका छन् भने फोरमका सरावगीले ८२२८ मत पाएका छन्। तेस्रो स्थानमा रहेका राजपा उम्मेदवार राजेशमान सिंह दुई हजारभन्दा बढी मतले पछि परेका छन्। उनले ६०३१ मत पाएका छन्। एमालेका बसरुद्दीन अन्सारीले पाएको मत ४०८७ छ भने माओवादी केन्द्रका रहबर अन्सारीले ४००४ मत पाएका छन्।

उपमेयरमा पनि कांग्रेसकै अग्रता छ। कांग्रेसका उपमेयर उम्मेदवार शान्ति कार्कीले ९४८९ मत पाएकी छन् भने फोरम उम्मेदवार पिंकीदेवी यादवले ७९४५ मत पाएकी छन्। राजपा उम्मेदवार रम्भा मिश्रले ५१९९ मत पाएकी छन्।