तीन हप्ता पछि पहिलोपटक लडाकु विमानहरुले अलेप्पो शहरको विद्रोही नियन्त्रित पूर्वी क्षेत्रमाथि फेरि हवाइ हमला गरेको एउटा पर्यवेक्षक समूहले बताएको छ।

रुसी रक्षामन्त्रीले ती आक्रमणले ईदलिब र होम्स क्षेत्रमा रहेका जिहादी समूहहरुलाई निशाना बनाएको बताएका छन्।

क्षेप्यास्त्रहरु पनि प्रहार गरिएका थिए।

हैदरिया, मसाकिन हनानो तथा शीख फरिस क्षेत्रहरुमा हमला भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले बताएको छ।

स्थगन

सिरियाली सरकारको समर्थक रुसले सर्वसाधारण र विद्रोहीहरुलाई त्यो शहर छोड्ने मौका दिनका लागि गत अक्टोबर महिनाको मध्यतिर हवाइ हमला रोकेको थियो।

त्यसै समयमा ३ हप्ताको स्थगन पछि सिरियाली सेनाले अलेप्पो शहरको विद्रोही नियन्त्रित पूर्वी भागमा हवाइ हमला फेरि शुरु गरेको छ।

हमला फेरि शुरु भएपछि द्वन्द्व झन् चर्किने अभियानकर्ताहरुको चिन्ता छ।

हमला

यो भन्दा अघि अलेप्पोको पश्चिमतर्फको विद्रोही नियन्त्रणमा रहेको एउटा गाउँको अस्पतालमाथि हमला भएको खबर प्राप्त भएको थियो।

विगत २४ घण्टामा आक्रमण गरिएको त्यो तेस्रो स्वास्थ्य संस्था हो।

अवर्ईजेल क्षेत्रमा कम्तीमा एकजना मारिएको सिरियन अब्जर्भेटरीले बताएको छ।

अनुमान

विद्रोही लडाकु तथा सर्वसाधारणले केही दिनदेखि सिरियाली सरकारले आक्रमण फेरि थाल्ने अनुमान गरिरहेका थिए।

उनीहरुले हवाइ हमला शुरु हुनु अघि शहर छाडेर जाने निर्देशनयुक्त सन्देशहरु फोनमा पाइरहेका थिए।

सिरियामा द्वन्द्व, असुरक्षा र खराब मौसमका कारण खानाको उत्पादन घटेर अहिलेसम्मकै न्यून विन्दुमा पुगेको संयुक्त राष्ट्रसंघले बताएको छ।

सिरियाका झण्डै ८० प्रतिशत परिवारहरुसंग खाना वा खाना किन्ने पैसा नभएको राष्ट्रसंघले बताएको छ भने ७० लाख भन्दा बढी मानिसलाई खाद्य सुरक्षा नभएको ठानिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
ksebecsekm.com