दमास्कस (रासस /सिन्ह्वा) । सिरियामा गएको २४ घन्टायता यहाँको एक बजार इलाकामा भएका झडपहरुमा परी कम्तीमा ७३ जना सिरियाली सैनिक र सरकार समर्थक लडाकूको ज्यान गएको समाचार छ ।
आइएसले उनीहरुको हत्या गरेका हुन् । सिरियाली सेना र सरकार समर्थक लडाकूहरुले आइएसका विरुद्ध कारबाही गरेका थिए ।

होम्स प्रान्त र मरुभूमि क्षेत्र मानिने दार ए जोरमा आइएसमाथि सो कारबाही गरिएको थियो । तर पनि कारबाहीका क्रममा आइएसले नै सरकारी सेनाको हत्या गरेका थिए ।

ती क्षेत्रका सहरी इलाका कब्जा गर्ने योजनाका साथ आइएसका लडाकू आएका थिए । सोही कारण सेना र उसको सहयोगी दलले आइएसमाथि कारबाही थालेको थियो ।

सो कारबाहीका क्रममा ठूलो संख्यामा आइएस लडाकू पनि मारिएका जनाइएको छ । तर उनीहरु के कति मारिएका छन् भन्ने बारेमा केही खुलेको छैन ।

उक्त सहरी इलाका बिहीबार कब्जा गर्न खोज्दा सो भिडन्त भएको थियो । तर उनीहरुले कब्जा गरेको उक्त इलाका शुक्रबार भने सेनाले फिर्ता लिएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सो जानकारी दिएको हो । उक्त अधिकारवादी संस्थाका अनुसार शुक्रबार पनि ती सहरी इलाकाहरुमा कारबाही जारी रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah