भक्तपुर १९ असोज । नेकपा एमालेका युवा नेता महेश बस्नेत भक्तपुर क्षेत्र नं २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । आज बसेको क्षेत्रको बैठकले बस्नेतलाई सर्वसम्बत सिफारिस गर्ने निर्णय गरेको हो ।

युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले युवा आन्दोलनलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । खास गरेर एमाले पार्टीमा युवाहरुको आकर्षण बनाउन बस्नेतको महत्वपूर्ण भूमिका छ ।

पूर्व उद्योग मन्त्री समेत रहेका बस्नेतले भक्तपुरको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

पछिल्लो समयमा खास गरेर जिल्लाका आमजनतामाझ लोकप्रियताका साथै विकास प्रेमी नेताको छवी निर्माण गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय