अमेरिकी राष्ट्रपति निर्वाचनका क्रममा हिलारी क्लिन्टनविरुद्ध रचिएका झुठा समाचार सामाजिक सञ्जालमार्फत व्यापक फैलिएर निर्वाचन परिणाम समेत प्रभावित गरेको मत बलियो हुँदै गएको छ।

त्यस्ता झुठा समाचारलाई रोक्न कुनै कदम नउठाएको भन्दै उदारवादी राजनीतिक समाजले चर्को आवाज उठाएपछि अहिले सामाजिक सञ्जाल कम्पनी रक्षात्मक अवस्थामा पुगेका छन्।

प्रश्न हो – सामाजिक सञ्जालमा ‘भाइरल’ अर्थात व्यापक फैलिएका झुठा समाचारले मतदाताको निर्णय प्रक्रियामा कति प्रभाव पार्यो होला ?

रिसर्च अनुसार सामाजिक सञ्जालमा प्राप्त हुने सूचना तथा आफ्ना समकाक्षीको विचारबाट मानिसहरु प्रभावित हुने गर्छन्।

डिजिटल पत्रिका बजफिडका अनुसार फेसबुकमा भाइरल भएका झुठा समाचारले न्युयोर्क टाइम्स लगायतका स्थापित सञ्चार माध्यमले दिएका समाचारको तुलनामा अत्यन्त धेरै मानिसको ध्यानाकर्षण गर्न सफल भए।

बजफिडका पत्रकार क्रेइग सिल्भरम्यानले गरेको तथ्यांक विश्लेषण अनुसार अमेरिकी राष्ट्रपतीय चुनावको अन्तिम ३ महिनामा सामाजिक सञ्जालमा त्यस्तो प्रवृत्ति देखिएको थियो।

उक्त तीन महिनाको अवधिमा पूर्ण रुपले झुठा समाचार तथा अत्यन्तै एकपक्षीय कुरा प्रकाशित गर्ने वेबसाइटले प्रकाशित गरेका २० ‘उत्कृष्ट’ रिपोर्टले फेसबुकमा ८७ लाख ११ हजार सेयर, प्रतिक्रिया र टिप्पणी प्राप्त ग¥यो।

तर स्थापित सञ्चार माध्यमका रिपोर्टले त्यति धेरै आकर्षण प्राप्त गर्न सकेनन्। उक्त अवधिमा प्रमुख सञ्चारमाध्यममा प्रकाशित २० लोकप्रिय रिपोर्टले भने केवल ७३ लाख ६७ हजार सेयर, प्रतिक्रिया र टिप्पणी मात्र फेसबुकमा प्राप्त ग¥यो।

चुनाव हुनुभन्दा ३ महिनाअघि भने प्रमुख सञ्चार माध्यमका समाचार नै पाठकका लागि बढी आकर्षक रहेका थिए। तर चुनाव नजिकिदै जाँदा फेसबुकमा झुठा समाचारको आकर्षण बढ्दै गयो र फेसबुक जस्ता सामाजिक सञ्जालमा स्थापित सञ्चार माध्यमका सत्य समाचारको आकर्षणलाई पछि पार्यो।

सबैभन्दा बढी आकर्षण बटुल्न सफल रहेका २० झुठा समाचार मध्ये १७ वटा हिलारी क्लिन्टन विरोधी थिए। त्यसबाट झुठा समाचारको खेती ‘उग्र दक्षिणपन्थी’ले बढी गर्ने गरेको देखिएको छ।

फेसबुकमा सबैभन्दा बढी ध्यानाकर्षण गरेको दुई कथाका हुन् – ‘क्लिन्टनले आइएसआईलाई हतियार बेचेको भेटियो’ र ‘पोप फ्रान्सिसले ट्रम्पलाई समर्थन गरेका छन्।’ दुवै पूर्ण रुपले झुठा थिए।

ट्रम्प विरोधी मान्न सकिने ‘भाइरल’ भएका समाचारमा मिसेल ओबामासम्बन्धी माइक पेन्सको झुठो उद्धरण, ट्रम्पबाट भागेका अमेरिकी शरणार्थीलाई आयरल्याण्डले शरण दिने भन्ने झुठो कथा र अभिनेत्री रुपाउलले आफुलाई ट्रम्पले ‘छामछुम’ गरेको दाबी गरिन भन्ने झुठो कथा थिए।

शुरुका दिनमा फेसबुक संस्थापक मार्क जुकरवर्गले फेसबुकमा फैलिएका झुठा समाचारले चुनावको नतिजा प्रभावित ग¥यो भन्नु ‘क्रेजी आइडिया’ भएको प्रतिक्रिया दिएका थिए। तर झुठा समाचारले चुनावलाई व्यापक प्रभावित गरेको नयाँ रिपोर्ट आउन थालेपछि भने उनी रक्षात्मक बन्दै गएका छन् ि उनले भनेका छन्– हामीले झुठा समाचारको पहिचान गर्न काम सुरु गरिसकेका छौं र उक्त कामका लागि हामी अझै धेरै कुरा गर्न सक्छौं।

वाल स्ट्रिट जर्नलका अनुसार गुगलले पनि झुठा समाचर प्रकाशित गर्ने वेबसाइटको पहिचान गर्ने र उनीहरुलाई ‘याडसेन्स एडभरटाइजिङ प्रोग्राम’ बाट हटाउने काम सुरु गर्दैछ। फेसबुकले पनि त्यस्तै कदम उठाउने अपेक्षा गरिएको छ।

बजफिडका अनुसार युरोपको मेसेडोनियामा केही युवाहरुले झुठा रिपोर्ट तयार गर्ने धेरै वेबसाइट निर्माण गरेका थिए। सामाजिक सञ्जालमा झुठा समाचार छाप्ने वेबसाइट रोक्ने कुनै निकाय नहुँदा उनीहरुले बनाएका कथाहरु ‘भाइरल’ हुँदै गए। उनीहरुले बनाएका दुई रिपोर्ट फेसबुकमा सबैभन्दा धेरै ध्यानाकर्षण गर्ने १० रिपोर्ट मध्येमा परेका थिए।

एउटा कथामा हिलारी क्लिन्टन उद्धरण थियो – म डोनाल्ड ट्रम्प जस्ता मानिसले चुनाव लडून भन्ने चाहन्छु किनकि उनीहरु इमान्दार छन् र विक्री हुँदैनन्।’ उक्त रिपोर्टले फेसबुकमा ४ लाख ८१ हजार सेयर, प्रतिक्रिया र टिप्पणी बटुल्न सफल भयो। त्यस्तै एफबीआईले क्लिन्टनलाई कारबाही गर्दैछ भन्ने उनीहरूको अर्को कथाले १ लाख ४९ हजार सेयर, प्रतिक्रिया र टिप्पणी बटुलेको थियो।

‘इन्डिङ द फेड’ भन्ने झुठो समाचार छाप्ने वेबसाइटले चुनावताका मानिसको ध्यानाकर्षण गर्न अत्यन्तै सफल रह्यो। फेसबुकमा सबैभन्दा आकर्षक रहेका १० झुठा कथामध्ये ४ वटा उसैले प्रकाशित गरेको थियो। पोप फ्रान्सिसले ट्रम्पलाई समर्थन गरेको, संघीय अमेरिकाको कुनै पनि पदका लागि हिलारी अयोग्य ठहरिने, एफबीआई निर्देशकले क्लिन्टन फाउन्डेसनबाट लाखौँ डलर घुस लिएको र क्लिन्टनले आइएसआईलाई हतियार बेचेको जस्ता समाचार उसले छापेको थियो।

सामाजिक सञ्जालमा झुठा समाचार ‘दक्षिणपन्थी’ले हिलारीले विरुद्ध प्रयोग गरेको र त्यसलाई रोक्न सञ्जाल कम्पनीले रोक्न कुनै कदम नउठाएको भन्दै अमेरिकामा चर्को आवाज उठेको छ। त्यसका लागि सामाजिक सञ्जाल र गुगलले पनि कदम उठाउन शुरु गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah