काठमाडौ, असोज २८

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश लुट्नका लागी सरकारले नया मन्त्री थप गरिएको बताउनु भएको छ । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाललाई एमालेमा समाहित गराउदै अध्यक्ष ओलीले उम्मेद्धार मनोनयनको समयमा सरकार भने मन्त्री थप्दै हिडेको आरोप लगाउनु भयो ।

अहिले मुलुकमा दुई शक्ति रहेको उल्लेख गर्दै उहाले एक शक्ति देश निर्माणमा जुटेको छ, जसको नेतृत्व एमालेले गरिरहेको छ भने अर्को शक्ति भने खानका लागी एकजुट भईरहेको छ । अध्यक्ष ओलीले भन्नु भयो, देश बनाउने, लोकतन्त्र सुदृढ गराउने, राष्ट्रियताका पक्षधर शक्तिहरु एकतिर एक जुट हुदैछन्, जसको नेतृत्व एमालेले गरिरहेको छ, अर्कातिर खानका लागी एकता गर्नेहरु एकजुट भएका छन् । निर्वाचन गराउन अरुतिर सानो मन्त्रीमण्डल गठन गरिन्छ तर यहा कामै नभएका, नियुक्त गर्दै खेरी विना विभागिय भनेर तलब खान, गाडी पाउनका लागी मन्त्री थपिदैछ ।

उम्मेद्धार मनोनयन गर्ने समय आईरहेका बेला प्रधानमन्त्री र मन्त्री चाही सपथ सपथ भनेर हिडिरहनु नै देश लुट्न कति हतार छ भन्ने कुरा देखाउने अध्यक्ष ओलीको भनाई छ । यद्यपी उहाले आउदो निर्वाचनमा यीनी हरुलाई खनचुवा भनेर यत्रो छाप लगाएर पठाउन जनता आतुर रहेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले नेकपा एमाले आफु आफु मात्र खाउ भन्ने पार्टी होइन, यो अहिलेको बटालियन जस्तो खाने पार्टी छ नि त्यस्तो पार्टी पनि होइन, यो काम गर्ने पार्टी हो, यसमा तपाईहरु आउनु भएको छ । अब तपाईहरुको मिहनेत, पसिना खेर जानेछैन । देश बनाउन तपाईहरु दिनका दिन हजारौंको सख्यामा एमालेमा समाहित हुनु भएको छ, म तपाईहरुको भावनालाई प्रशंसा गर्छु, अध्यक्ष ओलीको भनाई थियो ।

चुरे क्षेत्रमा राम्रो पकड रहेको सो पार्टी हाल व्यवस्थापिका संसदमा नरहेपनि अघिल्लो संविधान सभामा भने समानुपातिक तर्फ प्रतिनिधित्व गरेको थियो । दुई पार्टीबीचको एकताले महोत्तरी देखि पर्सासम्मको क्षेत्रमा एमालेलाई ठुलो सहयोग पुग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah