काठमाडौं । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शिक्षाका लागि निर्वाचन आयोगले नमुना मतपत्र तयार पारेको छ ।

समानुपातिकको प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र नै छाप्न सुरु गरिसकेको आयोगले प्रत्यक्ष र समानुपातिककै नमुना मतपत्र तयार पारेको जनाएको छ । बार्हखरीमा खबर रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कस्तो हुन्छ मतपत्र ? प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन चाहने सबै दलले प्रदेशसभाका लागि निवेदन नदिएकाले एउटै मतपत्रमा दुई खण्डमा विभाजन गरी छाप्न सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।

अब समानुपातिक मतदानका लागि पनि एउटै मतपत्रका दुई खण्डमा एक–एक ओटा छाप लगाउनुपर्ने भएको छ । माथिल्लो खण्डको भोट प्रतिनिधिसभाको समानुपातिक प्रतिनिधिको लागि हुनेछ भने तल्लो भोटले प्रदेशसभाको समानुपातिक प्रतिनिधि चयन गर्नेछ ।

प्रत्यक्षका लागि भने उमेदवारीअनुसार मतपत्र छापिनेछ । त्यसमा पनि माथिल्लो भागमा प्रतिनिधिसभाको उमेदवार र तल्लो भागमा प्रदेशसभाको उमेदवारलाई भोट गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

काठमाडौं । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शिक्षाका लागि निर्वाचन आयोगले नमुना मतपत्र तयार पारेको छ ।

समानुपातिकको प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र नै छाप्न सुरु गरिसकेको आयोगले प्रत्यक्ष र समानुपातिककै नमुना मतपत्र तयार पारेको जनाएको छ ।