प्रेम असफल

वासिंटन, ३ कात्तिक । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नी प्रेमिकालाई लेखेको केही पत्र सार्वजनिक भएको छ । ओबामाले प्रेमको सुरुवाती समयमा अलेक्जेन्ड्रालाई लेखेको पत्र हालै सार्वजनिक भएको हो ।

कलेज जीवनमा उनले अलेक्जेन्ड्रा म्याकनियर नाम गरेकी युवतीसँग प्रेम गरेका थिए । यी पत्र कुल ३० पृष्ठ लामो बताइएको छ । आफ्नो उमेरको तेस्रो दशकमा ओबामाले उक्त पत्र लेखेको बताइन्छ । सन् १९८२ देखि १९८४ का बीचमा लेखिएको यो पत्रमा ओबामाले आफ्नो भावना प्रकट गरेका छन् ।

ओबामाले पत्रमा लेखेका छन्, ‘मलाई विश्वास छ, म तिमीलाई कति सम्झन्छु भन्ने तिमी जान्दछ्यौ, म हावाजस्तै हरेक पल तिम्रो आसपास छु, म तिमीलाई सागरको गहिराईजस्तै भरोसा गर्दछु, हाम्रो प्रेम असीमित छ ।’ पत्रमा उनले लेखेका छन्, ‘मैले तिम्रोबारेमा धेरै पटक सोचेँ, म आफ्नो प्रेम र भावनालाई लिएर चिन्तित छु ।’

पत्रको एउटा अंशमा लेखिएको छ, ‘मलाई लाग्छ, जो मैले पाउँदिन, त्यही खोजिरहेको छु, यही कुराले हामी दुवैलाई जोडिरहेको छ र यही कुराले हामीलाई अलग पनि गराउँदैछ ।’उनले अगाडि लेखेका छन्, ‘आफ्नो एक्लोपन हटाउन मसँग एउटै बाटो छ, कि म सबै संस्कृति र वर्गलाई अपनाउँ र आफूलाई त्यसमा जोडौं ।’

सन् २०१४ मा इमोरी विश्वविद्यालयको रोज लाइब्रेरीले यी पत्र हासिल गरेको थियो । तिनै पत्र हाल सार्वजनिक गरिएको हो ।अलेक्जेन्ड्रासँगको प्रेम दिगो हुन सकेन । पछि ओबामाले मिशेल ओबामासँग प्रेम गर्न थाले । र उनीसँग नै ओबामाको बिहे भयो । (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah