एजेन्सी । भारतको जोधपुरस्थित राजीव गान्धी नगरको पुलिस थानाका प्रहरी प्रमुख पक्राउ परेका छन् ।

उनलाई महिलासँग अभ्रद व्यवहार गरेको, घुस खाएको अभियोगमा भ्रष्टाचार निरोधक ब्यूरो (एसीबी)ले पक्राउ गरेको हो । कमलदान चारण नामका ती थाना प्रमुख (थानाधिकारी) माथि पति छुटाउन आएकी महिलासँग घुस लिएको र एक रात विताउन शर्त राखेको आरोप लागेको छ ।

कमलले पंकज वैष्णव नामका एक युवालाई लागुपदार्थ अफिमको दुधसहित पक्राउ गरेका थिए । आफ्ना पति पक्राउ परेको जानकारी पाएपछि उनकी पत्नी छुटाउन पुलिस थाना आएकी थिइन् ।

१ लाख नगद, १ लाखको एडभान्स चेक

पुलिस थाना आएकी पीडित महिलाको भेट थानाधिकारी कमलदान चारणसँग भयो । कमलले पंकज (महिलाका पति)को मुद्दा कमजोर गरिदिने र अफिमको मात्र १ किलोबाट घटाएर २०० ग्राममा झारिदिने भन्दै २ लाख रुपैयाँ मागे । यसका लागि कमलले पंकजकी पत्नीलाई थाना बोलाएर सम्झौता पनि गरे । महिलाले एक लाख रुपैयाँ नगद र एक लाख रुपैयाँ एडबान्स दिइन् ।

एक रात विताउन दबाब

पैसा पाइसकेपछि पुलिस थाना प्रमुख कमलले पंकजकी पत्नीको पिछा छाडेनन् र सामाजिक सञ्जाल वाट्सएपमार्फत कुरा गर्न थाले । यसबीचमा उनले पतिको जमानतका लागि आफूसँग एक रात विताउनुपर्ने भन्दै दबाब दिए । निरन्तर दबाबले आजित भएकी पीडित महिलाले थानाधिकारी कमलसँग भएको कुराकानी रेकर्ड गरेर उनीविरुद्ध भ्रष्टाचार निरोधक ब्यूरा (एसीबी)मा उजुरी दिइन् ।

एसीबीले गर्यो गिरफ्तार

महिलाको उजुरीपछि एसीबीले थानेदार कमलदान चारणमाथि एक्सन लियो । कमलमाथि लागेको आरोप पुष्टि भएपछि एसीबीले थप अनुसन्धानका लागि मंगलबार राति गिरफ्तार गरेको न्युज १८ ले जनाएको छ । यो खबर भारतको राजस्थान राज्यको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah