ताप्लेजुङ : राष्ट्रपति विद्यायादेवी भण्डारी शुक्रबार ताप्लेजुङ आएकी छन्। राष्ट्रपति बनेयता पहिलो पटक भण्डारी गृह जिल्ला ताप्लेजुङ आएकी हुन्।

मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा रहेको श्रीमान स्वर्गीय मदन भण्डारीको घरको अवलोकन र पाथीभरा दर्शनको लागि उनी ताप्लेजुङ आएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली सेनाको हेलिकोप्टरमा आएकी राष्ट्रपति भण्डारी बिहान ९ बजे ताप्लेजुङको नयाँ रणभीम गुल्ममा उत्रिएका थिइन्। गुल्ममा उनलाई जिल्ला स्थित कार्यालय प्रमुखले स्वागत गरे।

राष्ट्रपति भण्डारी पाथिभराको दर्शन गरेर अहिले आफ्नो पुख्यौँली घरतर्फ लागेकी छिन्। मदनको जन्म घरको अवलोकन गर्ने बताइएको छ। पुख्यौँली घरमा अन्य कुनै विशेष कार्यक्रम छैन। भण्डारी आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।