लाहोर— उडिरहेको विमानभित्रको ट्वाइलेट जाम भएपछि बीचबाटोमै विमान आकस्मिक अवतरण गरेको छ। क्यानडाको टोरन्टोबाट लाहोरका लागि उडेको पाकिस्तान एयरलाइन्सको फ्लाइट पीके ७९८ ट्वाइलेट समस्याका कारण म्याचेस्टर डाइभर्ट भएको हो।

ट्वाइलेट जाम भएपछि यात्रुले परिचारिकालाई गुनासो गरेका थिए। तीन घन्टा नितरन्तर उडेपछि बोइङ ७७७-२०० सो विमानलाई चालक दलले डाइभर्ट गर्ने निर्णय गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विमानकै कुनै एक यात्रुले ठोस पदार्थ ट्वाइलेटमा छिराउँदा ट्वाइलेट जाम भएको अनुमान विमान कम्पनीका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

म्याचेस्टर डाइभर्ट भएको विमान ट्वाइलेटको जाम खुलेपछि पुनः उडेको छ।

पिआइएका अध्यक्षले ट्वाइलेटभित्र लेखिएको निर्देशन सावधानीपूर्वक पढ्न र त्यसलाई पालना गर्न आग्रह गरेका छन्।