एजेन्सी/ उत्तर कोरिया आपतकालीन अवस्थामा पनि कसरी रहने भन्नेबारे तयारी गरिरहेको छ । यसका लागि उत्तर कोरियाले आफ्नो केही शहरहरुमा मानिस खाली गराउनका लागि सम्झौता गरिसकेको भारतीय सञ्चारमाध्यम हिन्दी डट न्यूज ट्वान्टी फोरले जनाएको छ ।
उता अमेरिकी रक्षा मन्त्रीले दक्षिण कोरियाको भ्रमणका क्रममा न्यूक्लियर हमलाको आशंका बढेको थियो । अमेरिकासँग विवादबीच उत्तर कोरिया युद्धअगाडी नै अभ्यास गरिरहेको छ । दक्षिण कोरियाका समाचार एजेन्सीहरुले विभिन्न सुत्रलाई हवाला दिँदै यस्तो समाचार प्रकाशित गरेको थियो ।
रिपोर्टका अनुसार उत्तर कोरियाले राजधानी प्योंगयांगमा यो सम्झौता नगरी नभई दोस्रो तथा तेस्रो दर्जाको शहरमा अभ्यास गरेको हो ।
यसैबीच उत्तर कोरियाले गएको महिनामा भनिसकेको छ कि उसले अमेरिकालाई ध्वस्त पार्न सक्छ । उत्तर कोरियाको मिसाइलले अमेरिकी शहरसम्म मार हान्न सक्छ ।



