लन्डन— बेलायतका राज्यकोष प्रमुख फिलिप ह्यामन्डले बेलायत युरोपियन युनियन (ईयू) बाट बाहिरिने भनी गरेको जनमत सङ्ग्रहको निर्णयलाई कार्यान्वयनमा लाने विषय अनिश्चित बन्दा यहाँको अर्थतन्त्रमा असर पर्नसक्ने बताएका छन्।

ह्यामन्डले भने, “अर्थ विज्ञद्वारा गरिएका अर्थतन्त्रसम्बन्धी मूल्याङ्कन जसले बेलायतको ईयूबाट बहिर्गमन हुने क्रममा आएको अनिश्चितताका कारण अर्थतन्त्रमा असर पर्ने अनुमानका कारण हाम्रो अर्थतन्त्र अनिश्चितताको अकल्पनीय तहमा पुगेको छ।”

उनले अर्थतन्त्रमा परेको असरलाई ठाउँमा ल्याउन बेलायतले तत्कालै योजना बनाउनुपर्ने बताए।

बेलायती प्रधानमन्त्री थेरेसा मेले ईयूबाट बेलायतको बहिर्गमनका लागि औपचारिक रुपमा कुराकानी सन् २०१७ को मार्च ३१ बाट सुरु गर्ने बताउँदै त्यसअघि हुने मध्यस्थतामा पनि सहभागी बन्ने बताउँदै आएकी छन्।

तर ईयूबाट बेलायतको बहिर्गमनबाट अर्थतन्त्रमा असर पर्ने भनी ‘ब्रेक्जिट’ विपक्षमा रहेको समूह र त्यसबाट असर नपर्ने भनी ‘ब्रेक्जिट’ पक्षधर वर्तमान सत्ता गठबन्धनले आ–आफ्नै तवरले बहस गरिरहँदा पनि अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै यसबारे सचेत रहन वित्तकोष प्रमुख ह्यामन्डले बताए। रासस/एपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah