
माओवादी केन्द्रका नेता राम कार्कीले वामगठबन्धमा धोका हुनु भनेको आत्महत्या गर्नु सरह भएको बताएका छन् । झापा क्षेत्र नम्बर १ वाट प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोनयनपत्र दर्ता गराउन भद्रपुरका आएका नेता कार्कीले बामपन्थीको भोट कुनै हालतमा पनि दायाँवायाँ नजाने ठोकुवा गरेका छन् ।
उनले बाम गठबन्धनका सबै उम्मेदवारले जित्ने दाबी गरे । कार्कीले मूलकको सम्बृद्धि र जनताका सपना साकार पार्नका लागि बामगठबन्धन बनेको जनाउदै जनताले अव सबै कुरा बुझिसकेकाले काँग्रेस लगायतका दलहरु अत्तालिएको जनाए ।
झापाका कम्नियुष्ट व्याडमा राखेको विउ भएको संज्ञा दिदै विउलाई अन्य ठाउँमा लगेर सार्ने काम कम्नियुष्टले जानीसकेको उल्लेख गर्नुभयो ।
समाजवादी आन्दोलनलाइ अगाडी लिएर गइरहेको रथलाइ बाधा गर्ने त्यो सकुनी पनि हुनसक्ने भएकोले रथलाई विश्राम नगरिने उनको धारणा थियो ।



