उतिसाह्रो नचिनिएको नाम, त्यसमाथि देशको राजनीतिमा सर्वाधिक लोकप्रियताको केन्द्रमा रहेका नेतासँग चुनाव लड्नु पर्ने । कांग्रेसको निकै ठूलो कसरतपछि एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध कांग्रेसका तर्फबाट उम्मेदवारी दिन तयार भए त्रिचन्द्र क्याम्पसमा अध्ययन गराइरहेका डा खगेन्द्र अधिकारी । त्यसैले ओलीको चुनाव क्षेत्र झापा– ५ मा परिचयन नभएका अधिकारीलाई जिल्लावासीले चिन्ने कुरै भएन ।

जव अधिकारीको उम्मेदवारी कांग्रेसका तर्फबाट पर्यो तव अनौठो सनसनी झापाभरी फैलियो । एमाले केन्द्रीय स्कूल विभाग सदस्य रहेका अर्का डा. खगेन्द्र अधिकारी कांग्रेस प्रवेश गरेर ओली विरुद्ध उम्मेदवारी दिएको हल्ला चल्न पुग्यो । एमाले नेता खगेन्द्र अधिकारीलाई चिनेका तर, कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारीलाई नचिनेकाहरु खगेन्द्र अधिकारीको उम्मेदवारीबाट चकित पर्ने नै भए । राष्ट्रिय नेटवर्कका सञ्चार माध्यमले समेत एमाले नेता खगेन्द्रलाई ओली विरुद्धको कांग्रेस उम्मेदवार बनेपछि उनी भने जवाफ दिंदै हैरान भएका छन् ।

‘मैले खण्डन गरेरै सकिनँ, मोवाइल अफ गरेर अध्यक्ष केपी शर्मा ओलीको चुनावी अभियानमा हिंडेको छु’ एमाले विदेशविभाग खगेन्द्र अधिकारीले भने, ‘कसरी म उम्मेदवार होइन भनेर सबैलाई जानकारी गराउँ, लौ न सहयोग गर्नुस् ।’ ओलीले उम्मेदवारी दर्ता गर्दा पनि एमाले नेता अधिकारी ओलीसँगै हिंडे, त्यसपछिका सबै कार्यक्रममा उनी सँगै छन् ।

यसरी आएका थिए कांग्रेसका अधिकारी 
झापा क्षेत्र नं. ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यका लागि उठ्ने भएपछि उनीविरुद्ध लड्ने कांग्रेस नेता तत्कालै भेटिएनन् । केही दिनअघि त्यहाँ कांग्रेसले युवा नेता विश्वप्रकाश शर्मालाई उठाउने चर्चा पनि चलायो । तर, शर्माले पार्टीले जहाँ खटाउँछ त्यहिँबाट उम्मेदवारी दिन्छु भने पनि भित्रभित्रै उनी ओली विरुद्ध उम्मेदवार बन्न तयार भएनन् । उनी झापा १ बाट कांग्रेसको उम्मेदवार भए ।

ओलीविरुद्ध उठ्ने उम्मेदवार नपाएपछि कसलाई उठाउने भन्ने विषयमा कांग्रेसभित्र निक्कै कसरत भएको थियो । पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीलाई पनि कांग्रेसले त्यहाँ पठाउन खोज्यो । तर, उनी ओलीविरुद्ध उठ्न चाहेनन् । त्यसो त ०७० सालमा झापा क्षेत्र नं. ६ बाट पराजित बनेकी रामकुमारी पौडेललाई पनि ओलीविरुद्ध उठाउने प्रयास कांग्रेसले गर्यो । पराजित हुने निश्चित भएको ठाउँमा फेरि ओली विरुद्ध उम्मेदवार बन्न उनले पनि मानिन् ।

यसरी उम्मेदवार खोज्ने क्रममा फेला परे खगेन्द्र अधिकारी, जो त्रिचन्द्र क्याम्पसमा पढाइरहेका थिए । ओली विरुद्ध उम्मेदवार उठेर चर्चा कमाउने भित्री मनसायले अधिकारीलाई गाँज्यो, त्यसैले उनी बिहीवार उम्मेदवारी दर्ता गर्नुभन्दा एकदिन अघि झापा पुगे । ०४८ सालमा नेविसंघको राजनीति गरेका अधिकारी ओली विरुद्ध उम्मेदवारी दिएर चर्चामा आउने विश्वासका साथ प्राध्यापन पेशाबाट राजीनामा दिंदै झापातिर लागे । तर, झापा– ५ मा उनी कांग्रेस उम्मेदवार हुन् भन्ने कमैलाई थाहा छ, धेरैले अझै पनि एमाले विदेश विभाग सदस्य खगेन्द्र अधिकारीलाई कांग्रेस उम्मेदवार ठानिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah