
आगामी मंसिर १० गते हुन गइरहेको चुनावमा रामेछापको प्रदेशसभा (ख) वाट उम्मेदवारी दिएका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार रामवहादुर तामाङ्ग बेहोस भएका छन् ।
चुनाव प्रचारप्रसारको अभियान अन्तर्गत शुक्रवार सदरमुकाम मन्थली आइपुगेका उम्मेदवार तामाङ अकस्मात मन्थलीमा वेहोस भएका हुन् । उनलाई स्थानीय रामेछाप सामुदायिक अस्पतालमा उपचारपछि पनि होस नखुलेपछि थप उपचारको लागि आजै हेलिकोप्टर मार्फत काठमाण्डौं पठाइएको जानकारी सो पार्टीका जिल्ला अध्यक्ष सोनाम लामाले वताए ।
उनको शिक्षण अस्पताल महाराजगंजमा थप उपचारका लागि पुर्याएको छ । उमेर ४३ वर्ष पुगेका तामाङ केही दिनअघि मात्र निर्वाचन प्रचारप्रसारका सामाग्री र आवश्यक खर्च जुटाउन भन्दै काठमाण्डौं गएका थिए । निर्वाचन धपेडीकै क्रममा विहिवार राती सदरमुकाम मन्थली आइपुगेका उनले शुक्रवार दिउँसो शरीरमा असजिलो महसुस गरेका थिए ।
सो क्रममा स्वास्थ्य परिक्षणको लागि अस्पताल पुरयाइएका उनी बेहोस वनेका थिए । अस्पताल श्रोतका अनुसार तामाङको शरीरमा सामान्य ज्वरो आउनुको साथै शरीरभरी एलर्जीका खटिरा देखिएका छन् ।



