अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एसियाली मुलुकहरुको ११ दिने भ्रमणमा निस्केका छन्। भ्रमणका क्रममा उनी जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्स जानेछन्। गत २५ वर्षयता कुनै पनि अमेरिकी राष्ट्रपतिले गरेको एसियाको यो सबैभन्दा लामो भ्रमण हुनेछ।

उत्तर कोरियाको पारमाणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव चुलिएका बेला ट्रम्प भ्रमणमा निस्केका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दबाब आफ्नो भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले दक्षिण कोरिया र जापानप्रति ऐक्यवद्धता जनाउने तथा प्योङयाङविरुद्ध कडा नीति लिनका निम्ति चीनलाई दबाब दिने अपेक्षा गरिएको छ। भ्रमणमा निस्केका ट्रम्प शुरुमा हवाई पुगे जहाँ उनले अमेरिकी प्यासिफिक कमाण्डको 'ब्रिफिङ'मा सहभागिता जनाए।

उनले पर्ल हार्बरस्थित 'युएसएस एरिजोना मेमोरिअल' को पनि भ्रमण गर्नेछन्। पर्ल हार्बर त्यही ठाउँ हो जहाँ सन् १९४१ मा जापानले आक्रमण गरेपछि अमेरिका दोस्रो विश्वयुद्धमा होमिन पुग्यो। सहभागी हवाईबाट राष्ट्रपति ट्रम्प प्रथम महिला मेलानियासहित जापान पुग्नेछन् र त्यहाँबाट दक्षिण कोरिया जानेछन्। ट्रम्पले दक्षिण कोरियाको राजधानी सोलस्थित एउटा अमेरिकी सैन्य अखडाको पनि भ्रमण गर्ने कार्यक्रम छ। भियतनाममा उनी एसिया प्रशान्त आर्थिक साझेदारी समूह एपेकको बैठककमा सहभागी हुनेछन् र त्यसपछि हनोईको राजकीय भ्रमण गर्नेछन्। त्यसपछि फिलिपिन्सको मनिलामा दक्षिण-पूर्वी एसियाली मुलुकहरुको बैठकमा उनले सहभागिता जनाउनेछन्।

बि.बि.सी बाट