नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिपक्षी दल भारतीय कँग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिएका छन्।

उत्तर भारतको हिमाञ्चलस्थित कङ्ग्राको राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले सो शब्दावली प्रयोग गरी प्रतिपक्षीको आलोचना गरेका हुन्। भ्रष्टाचारलाई प्रोत्साहन गर्ने उक्त दललाई छोडी आफ्नो दल भारतीय जनता पार्टीलाई मतदान गर्न पनि मोदीले आग्रह गरेका छन्।

प्रधानमन्त्री मोदीले भने, “यदि तपाईले बाहिरी भागमा सफा गर्नुभयो भने पनि केही दिनपछि धमिरा देखा पर्छन्। कँग्रेस पार्टीको भ्रष्टाचारी सोच पनि धमिराजस्तै पुन: देखापर्छ।”

हिमाञ्चलमा यही नोभेम्बर ९ मा स्थानीयस्तरको निर्वाचन हुने कार्यक्रम रहेको छ। सोही सन्दर्भमा हिमाञ्चलबासीलाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका हुन्। हिमाञ्चलमा अहिले कँग्रेसको नेतृत्वमा सरकार छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah