
२० कातिक/आसन्न प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन वीपी चिन्तन प्रतिष्ठानले जिल्ला तहमा चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।
आज दमकमा सम्पन्न प्रतिष्ठानको जिल्लास्तरिय बैठकले प्रतिष्ठानका केन्द्रीय सदस्य श्यामकृष्ण लम्सालको संयोजकत्वमा १००१ सदस्यीय झापा जिल्ला स्तरिय प्रचारप्रसार समिति गठन गरेको छ । समितिको सदस्यहरुमा प्रतिष्ठानका केन्द्रीय सदस्य तथा पूर्व सांसद डिल्ली सिटौला,डिल्ली सेढाई लगायत रहेका छन् ।
यसैगरि झापा क्षेत्र नम्बर ५ मा समेत पार्टीका पूर्व जिल्ला सभापति पूर्णानन्द शर्माको एक अनुगमन तथा निर्देशन समिति गठन गरिएको क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले जानकारी दिए ।



