
दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा क्षेत्र नं. ५ मा ३ स्वतन्त्र सहित १४ जनाले उम्मेदवारी दिएको पाईएको छ । यसभन्दा अघि पनि दोस्रो संबिधानभसा निर्वाचन यसै क्षेत्रबाट उठनु भएका ओलीले यो पटक अधिकाँश नयाँ उम्मेदवारहरुसंग प्रतिस्पर्धा गर्नु हुनेछ ।
बाम गठबन्धननको तर्फबाट ओलीले उम्मेदवारी दिएको यस क्षेत्रमा नेपाली काँग्रेसले डा. खगेन्द्र अधिकारीलाइ उम्मेदवार बनाएको छ । अधिकारी सक्रिय राजनीतिमा स्थानीय स्तरमा देखिनु भएको थिएन । उहाँ त्रिभूवन बिश्वबिद्यालयमा प्राध्यापन पेशा गर्दै आउनु भएको थियो ।
निर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएपछि प्राध्यापन पेशाबाट राजिनाम दिएर उहाँले यस क्षेत्रमा आउनु भएको हा । दूइवटा क्षेत्र मिलेर बनेको यस ५ नम्बरमा स्वतन्त्र सहित साना राजनीतिक दलहरुले पनि उम्मेदवारी दिएकाछन् । संघीय समाजबादी फोरमबाट सत्यदेव यादव उम्मेदवार बन्नु भएको छ । फोरमले यस क्षेत्रमा पहिलो संबिधानसभा निर्वाचनमा ओलीले हराउनु भएका बिश्वदीप लिङेनलाइ उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर लिङेन मनोनयनको एक दिन अघि काँग्रेसमा परेपछि यादवलाइ उम्मेदवार बनाएको हो । यसैगरी मालेबाट घनश्याम गुरागाइ, एकिकृत राप्रपा राष्ट्रवादीबाट चतनाथ थापा, राष्ट्रिय जनशक्ति पार्टीबाट पदम जबेगु, बिवेकशिल साझाबाट प्रकाश गौतम, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट भानुभक्त भट्टराइ, नयाँ शक्तिबाट भेषराज भट्टराइ, देशभक्त जनगणतन्त्रीक मोर्चाबाट बाशुदेब दुलाल उम्मेदवार बनेकाछन् ।
यसैगरी मंगोलन नेशनल अर्गनाइजेसनबाट सानबहादुर मेची र स्वतन्त्रबाट इन्द्रप्रसाद न्यौपाने, इन्द्रराज अधिकारी र प्रेमबहादुर खडकालले उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा आएकाछन् । साना दलहरुलाइ उम्मेदवार भेटाउन गाह्रो परेपनि अन्तिम समयमा उम्मेदवार खाजेर मनोनयन गर्न लगाएका थिए ।
यसैगरी यसै प्रतिनिधिसभा क्षेत्रमामा पनि दुइवटा प्रदेशसभा क्षेत्रमा पनि उम्मेदवारहरुको सूचि लामो नै रहेको छ । प्रदेशसभा ५ क्षेत्र क मा एमालेबाट हिक्मत कार्की र काँग्रेसबाट अनिलकृष्ण प्रसाइबीच प्रतिस्पर्धा हुनेछ । कार्की एमालेका केन्द्रिय सदस्य तथा प्रदेश नं. १ को प्रचार बिभाग प्रमुख हुनुहुन्छ । प्रसाइ तरुण दलको पूर्व महासचिब रहनु भएको छ । यो क्षेत्रमा १२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।
यसैगरी प्रदेशसभा क्षेत्र नं. ख मा एमालेका अर्जुन राइ र काँग्रेसका राजन ढुंगानाबीच प्रतिस्पर्धा हुनेछ । राइले जिल्ला बिकास समितिका पूर्व सभापति तथा सुकुम्बासी आयोग झापाका पूर्व अध्यक्ष रहनु भएको छ । ढुंगाना अधिवक्ता तथा प्राध्यपन पेशामा संलग्न रहनु भएको थियो । यस क्षेत्रबाट ९ जनाले उम्मेदवारी दिएकाछन् ।



