बिष्णुप्रसाद पोखरेल
दमक/झापा गौरादह जन्मथलो भएका हिक्मत कार्की बिद्यार्थी आन्दोलनमा नौलो नाम होईन । लामो सयम राजधानीमा नै रहेका कारण उनले राष्ट्रिय राजनीतिलाई समेत राम्ररी बुझ्ने मौका पाए ।

बिद्यार्थीहरुको नेताको रुपमा सधै कुनै न कुनै रुपमा काम गरिरहेका कारण आज एमालेलेमात्र नभइर राप्रपा सहितको बाम गठबन्धनले उनलाइ बिश्वास गरेर झापा क्षेत्र नं. ५ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ ।

अहिले उनि हेभिवेटका नेता नै हुन् । उनले प्रतिनिधिसभा सदस्यमा पनि दाबी गर्न सक्थे तर पार्टीले प्रदेशको जिम्मेवारी दिएपछि त्यसलाइ स्वीकारे । अहिले जनताको घरदैलामा मत मागरिहेकाछन् ।

२०२३ साल असार ८ गते जन्मेका कार्की सानैदेखि बिद«ोही स्वभावका रहेका थिए र शोषण दमन सहनु हुदैन भन्ने उनमा लागेको थियो । यसै कारण उनमा सानै उमेरमा राजनीतिक चेतना बढ्यो ।

२०३५/०३६ सालको बिद्यार्थी आन्दोलनबाट प्रभावित भएर गौरादहको जनता उच्च माबिमा कक्षा ७ मा पढ्दापढ्दै अनेरास्वबियुमा प्रवेस गरेको पुरना दिन अहिले उनी सम्झन्छन् ।

यसबाट शुरु भएको बिद्यार्थी राजनीतिले धरानमा आइएल पढ्दा झागिदै गयो । २०४० सालमा नै तत्कालीन पार्टी सक्रीय दलमा लागे । २०४४ सालमा थप उच्च शिक्षाका लागि काठमण्डौ हानिए ।

सानै उमेरमा बिद्यार्थी संगठनमा आबद्ध भएका उनी २०४८ सालमा अनेरास्वबियुको केन्द्रीय सदस्य, २०५० सालमा सचिव, २०५२ सालमा उपाध्यक्ष र २०५५ सालमा अध्यक्ष बने । त्यसपछि पनि निरन्तर बिद्यार्थी आन्दोलनसंगै पार्टीका बिभिन्न कमिटीहरुमा रहेर काम गर्न थाले ।

मिजासिलो स्वभाव, स्पष्टबक्ता र पार्टी भित्र ईमान्दार कार्यकर्ताको छवी बनाएकाले पनि उनले बिद्यार्थी राजनीतिमा राम्रो पकड जमाएका थिए । त्यसै कारण पनि उनि अहिलेसम्म यहाँ सम्म आइपुगे ।

कार्की पछिल्लो समयमा पार्टी कामममा झापामा रहेका थिए । निरन्तर रुपमा महाअधिवेसन प्रतिनिधिको रुपमा चुनिदै आएका उनलाई राजधानी बस्ने आरोप नलागेको होइन तर उनलाई यो आरोपलाई चिर्न सफल भए र एमालेको केन्द्रिय सदस्य पनि बने ।

लामो समय बिद्यार्थी आन्दोलन गरेको अनुभव र अहिलेसम्म आफुले ईमान्दारसाथ पार्टीलाई गरेको त्याग बुझेर सबैको आग्रहमा आफु अगाडि बढेकाले जित शुनिश्चित भएको उनको भनाइ छ ।

नयाँ सोचको थालनी पार्टीमा कार्कीबाटै

कार्कीले केहि समय अघि पार्टीका सबै जिल्लाका सभापतिहरुलाइ आफ्नै नेतृत्वमा पूर्वका सबै पर्यटकीय स्थलहरुको अवलोकन गराए । उनको उदेश्य रहेको थियो सबैले पूर्वलाइ चिन्न सकुन र यहाँ पर्यटनको सम्भावानालाइ आत्मसाथ गरुन । उनि यसमा सफल भएर देशभरका नेताहरुबाट स्याब्बास पनि पाए ।

यस्तो छ उनको योजना

आफूसंग केही नयाँ काम गर्ने सोच र हिक्मत रहेकाले यसमा साथ पाउन उनको अपेक्षा रहेको छ । सबै राजनीतिक दलसंग सहकार्य गरेर अघि बढ्ने र यसका लागि आफूले नेतृत्वदायी भूमिका खेल्ने उनि बताउछन् ।

उनले भने–यस क्षेत्रको बिकासका लागि केही न केही नयाँ काम गर्ने हिक्मत पालेको छु र गर्छु । पार्टी र मुलकको नेतृत्वको अभिभारा ओलीको रहेकाले अब मुलक सम्बृद्ध दिशामा जानेमा नेपालीहरु आशाबादी रहेको कार्की बताउछन् ।
आर्थिक उत्पादनमुखि दिशामा आफ्नो निर्वाचन क्षेत्र तथा मुलकलाई डोर्याउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाई छ । प्रदेशमा एउटा नमुना क्षेत्र बनाउने सोच आफूसंग रहेको उनि जनाउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah