
सुरेन्द्र भण्डारी
बिर्तामोड / प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि झापाबाट १ सय ४१ जनाले उम्मेदवारी दिएका छन् ।जिल्लामा रहेका ५ वटा निर्वाचन क्षेत्रबाट पाँच जना प्रतिनिधिसभा सदस्य र १० जना प्रदेशसभा सदस्यका लागि ६ महिला सहित १ सय ४१ जनाले उम्मेद्वारी दिएका हुन् ।झापा जिल्लामा प्रतिनिधिसभाका लागि ५७ जना र प्रदेशसभा (क) र (ख)मा गरी ८४ जना जनाले उम्मेदवारी दिएका छन्् ।
झापा क्षेत्र नं. १ का लागि प्रतिनिधिसभातर्फ परेको सात जनाको उम्मेदवारी कायम भएको छ । जसमा नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की, राष्ट्रिय जनमुक्ति पार्टीबाट दानबहादुर तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट धनबहादुर सुब्बा, मंगोल नेशनल अर्गनाइजेशनबाट सन्तोष तामाङ, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीबाट भवानीप्रसाद ढकाल र संघीय समाजवादी फोरमबाट भक्तबहादुर लिम्बूको उम्मेदवारी परेको छ ।
प्रदेशसभा ‘क’ तर्फ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मनबहादुर लिम्बू, राष्ट्रिय जनता पार्टी नेपालबाट ओलिन राजवंशी, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट श्रीप्रसाद मैनाली, मंगल नेशनल अर्गनाइजेशनबाट भाष्कर राई, संघीय समाजवादी फोरमबाट जगतबहादुर विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी मालेबाट भरोसाा दास पौडेल, नयाँ शक्ति पार्टी नेपालबाट पुष्पप्रसाद पौडेल, नेपाली कांग्रेसबाट केशवराज पाण्डेको उम्मेदवारी कायम रहेको छ ।
प्रदेशसभा ‘ख’ तर्फ प्रदेशसभातर्फ नयाँ शक्ति नेपाल पार्टीबाट पर्शुराम काफ्ले, राष्ट्रिय जनमुक्ति पार्टीबाट ख्यामबहादुर सुब्बा, राष्ट्रिय जनता पार्टी नेपालबाट रमा मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट लक्ष्मीप्रसाद मावो, नेपाली कांग्रेसबाट अशोककुमार पोखरेल, संघीय समाजवादी फोरम नेपालबाट रामसुफल कामती, मंगल नेशनल अर्गनाइजेशनबाट श्रीप्रसाद लिम्बू र नेपाल कम्युनिष्ट पार्टी एमालेबाट गोपालचन्द्र बुढाथोकीको उम्मेदवारी परेको छ ।
क्षेत्र नं. २ मा प्रतिनिधिसभाका लागि ११ जनाको उम्मेदवारी परेको छ । जसमा नेपाली कांग्रेसबाट उद्धव थापा, नेकपा एमालेबाट पवित्रा निरौला खरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट होमचन्द्र घिमिरे, राप्रपा नेपालबाट महावीर राई, मंगोल नेशनल अर्गनाइजेशनबाट अकलबहादुर तामाङ, नयाँ शक्ति पार्टीबाट भक्तबहादुर बुढाथोकी, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बृजकिशोर ठाकुर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मानबहादुर साँवा लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीबाट पर्शुराम मगर, विवेकशील साझा पार्टीबाट नवीन बास्तोला र नेपाल जनता पार्टीबाट गणेशप्रसाद शिवाकोटीको उम्मेदवारी परेको छ ।
प्रदेशसभातर्फ क्षेत्र नं. २ को ‘क’ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट निर्मल एक्तेन लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रञ्जितमान राई, विवेकशील साझा पार्टीबाट नित्राङ्गत तिम्सिना, मंगोल नेशनल अर्गनाइजेशनबाट राजकुमार लावती, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट एकराज कार्की, नेपाली कांग्रेसबाट लक्ष्मण खड्का, संघीय समाजवादी फोरम नेपालबाट तिलबहादुर राई र नेपाल जनता पार्टीबाट पदमप्रसाद पौडेलको उम्मेदवारी कायम भएको छ ।
प्रदेशसभातर्फ क्षेत्र नं. २ को ‘ख’ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट नगेन्द्र राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट विजय इङ्नाम लिम्बू, विवेकशील साझा पार्टीबाट विष्णुप्रसाद आचार्य, मंगोल नेशनल अर्गनाइजेशनबाट मंगल सिंह लिम्बू, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट हरिप्रसाद दाहाल, संघीय समाजवादी फोरम नेपालबाट शिवन सोरालीमगर, नेपाल कांग्रेसबाट खड्गप्रसाद प्रसाईं, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट वीर्खबहादुर प्रधानको उम्मेदवारी कायम भएको छ ।
क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, राप्रपाबाट राजेन्द्रप्रसाद लिङ्देन, नेकपा मालेबाट नवराज खरेल, विवेकशील साझा पार्टीबाट साजन सुब्बा, राष्ट्रिय जनमुक्ति पार्टीबाट सेकेन्द्र राजवंशी, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट देवीरमण भट्टर्रा, मंगोल नेशनल अर्गनाइजेशनबाट श्यामबहादुर लिम्बू, राष्ट्रिय जनता पार्टी नेपालबाट सुन्दरलाल साह, नेपाल जनता पार्टीबाट सुजाता ओली उप्रेती, राष्ट्रिय जनमोर्चाबाट अभिचन्द्र भट्टराई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मीनप्रसाद चौलागाई र बीरेन्द्रप्रसाद सापकोटाको स्वतन्त्र उम्मेदवारी कायम रहेको छ ।
क्षेत्र नं. ३ मा ११ जनाको प्रत्यक्ष र १ जनाको स्वतन्त्र उम्मेदवारी कायम रहेको छ । प्रदेशसभातर्फ क्षेत्र नं. ३ को ‘क’ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट किरण लिम्बू लिङ्देन, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बसन्तकुमार बानियाँ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट भक्तबहादुर विश्वकर्मा, मंगल नेशनल अर्गनाइजेशनबाट अर्जुन लोबा, नेपाल जनता पार्टीबाट छविलाल लुइँटेल, राष्ट्रिय जनता पार्टी नेपालबाट कर्णलाल राजवंशी र नेपाली कांग्रेसबाट भूमिप्रसाद राजवंशीको उम्मेदवारी कायम रहेको छ ।
प्रदेशसभातर्फ क्षेत्र नं. ३ को ‘ख’ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट पूर्णप्रसाद राजवंशी, राष्ट्रिय जनमुक्ति पार्टीबाट वैशाखु राजवंशी, संघीय लोकतान्त्रिक मञ्चबाट अमरबहादुर मावो, संघीय समाजवादी फोरम नेपालबाट दुर्जनलाल राजवंशी, नेपाली कांग्रेसबाट भगीरथकुमार पोद्दार, मंगोल नेशनल अर्गनाइजेशनबाट सत्यकला नेम्वाङ, नेपाल जनता पार्टीबाट सोमनाथ सुवेदीको उम्मेदवारी कायम रहेको छ ।
क्षेत्र नं. ४बाट प्रतिनिधिसभाका लागि ११ जनाको उम्मेदवारी परेको छ । जसमा तीन जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट देउकुमार थेवे, नेकपा एमालेबाट लालप्रसाद साँवा लिम्बू, विवेकशील साझा पार्टीबाट तुलसीराज उप्रेती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ज्ञानबहादुर इबुङ, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तेजबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेशनबाट रुद्रबहादुर राई, ग्रीन पार्टी नेपालबाट सुवास अधिकारी, संघीय समाजवादी फोरमबाट लहानसिंह तुम्वाफो, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट हरिभक्त संग्रौला र राष्ट्रिय जनमुक्ति पार्टीबाट अर्जुन देव शर्माको उम्मेदवारी कायम रहेको छ । यज्ञबहादुर खड्का, डिल्लीप्रसाद कट्टेल र पर्शुराम काफ्लेको उम्मेदवारी कायम रहेको छ ।
प्रदेशसभातर्फ क्षेत्र नं. ४ को ‘क’बाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका झलकबहादुर मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हर्कबहादुर लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका देवेन्द्र राई, नेपाली कांग्रेसका किरण भट्टराई, संघीय समाजवादी फोरम नेपालबाट हर्कराज राई र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट हरिप्रसाद गौतमको उम्मेदवारी कायम रहेको छ ।
प्रदेशसभातर्फ क्षेत्र नं. ४को ‘ख’ स्वतन्त्रका दीनानाथ खतिवडा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भक्तबहादुर लिम्बू, नेपाली कांग्रेसका उत्तमकुमार शर्मा सुवेदी, राष्ट्रिय जनमुक्ति मोर्चाका पुरुषोत्तम काफ्लेको उम्मेदवारी कायम रहेको छ । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका मंगलसिंह साम्मेखाम, स्वतन्त्रका धनकुमार बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेशनबाट फूलमान तामाङ, ग्रीन पार्टी नेपालबाट जग्गनाथ अधिकारी, राष्ट्रिय शिवसेना पार्टीका धीरजनारायण गणेश, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट हिराकुमार थापा र राष्ट्रिय जनता पार्टी नेपालबाट सूर्यनारायण गणेशको उम्मेदवारी परेको छ ।
क्षेत्र नं. ५ बाट ३ स्वतन्त्र सहित प्रतिनिधि सभाका लागि १४ जनाको उम्मेदवारी परेको छ । जसमा नेपाली कांग्रेसबाट डा. खगेन्द्र अधिकारी, नेकपा एमालेबाट केपी शर्मा ओली, राष्ट्रिय जनमुक्ति पार्टीबाट पदमबहादुर जवेगू, मंगोल नेशनल अर्गनाइजेशनबाट शानबहादुर मेचे, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट बाशुदेव दुलाल, नेकपा मालेबाट घनश्याम गुरागाँई, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीबाट चेतनाथ थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भानुभक्त भट्टराई, विवेकशील साझा पार्टीबाट प्रकाश गौतम, नयाँ शक्ति पार्टी नेपालबाट भेषराज भट्टराई र संघीय समाजवादी फोरमबाट सत्यदेव यादव रहेका छन् । यसैगरी इन्द्रप्रसाद न्यौपाने, प्रेमबहादुर खड्का र इन्द्रराज अधिकारीको स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेशसभातर्फ क्षेत्र नं. ५ को ‘क’ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सूर्यप्रसाद लिम्बू, स्वतन्त्रका हरिप्रसाद अधिकारी, नेपाल कांग्रेसका अनिलकृष्ण प्रसाईं, नेपाल कम्युनिष्ट पार्टी एमालेका हिक्मतकुमार कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका कैलाशपति मगर, राष्ट्रिय जनता पार्टी नेपालका हीरालाल राजवंशी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका रुद्र राई, नयाँ शक्ति पार्टी नेपालका धर्मराज गुरागाँई, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका कृष्णराज शर्मा, स्वतन्त्रका जाम्वती तिमिल्सना, स्वतन्त्रका खड्गप्रसाद शिवाकोटी र मंगोल नेशनल अर्गनाइजेशनका राजेन्द्र सुब्बा चेम्जोङको उम्मेदवारी कायम रहेको छ ।
त्यसैगरी क्षेत्र नं. ५ को ‘ख’ मा विवेकशील साझा पार्टीका निर्मल कटुवाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रबहादुर कन्दङ्वा स्वतन्त्रका डम्बरबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी एमालेका अर्जुन राई, नेपाल कम्युनिष्ट पार्टी मालेका रुपनारायण न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीका जयकुमार राई, संघीय समाजवादी फोरम नेपालका सुशीलकुमार राई, नयाँ शक्ति पार्टी नेपालका राजु खड्का र नेपाल कांग्रेसका राजनबहादुर ढुंगानाको उम्मेदवारी कायम रहेको छ ।
मत विश्लेषण
झापा १ को प्रदेशसभा निर्वाचन क्षेत्र १ मा एमालेका वडाध्यक्षहरुले १५१११ मत, माओवादीले ६११४ र राप्रपाले १६८१ मत प्राप्त गरेका थिए । यहाँ कांग्रेसको १४४१३ मत रहेको छ । यहाँको मतदाता सँख्या ६३,१२८ हो । यो क्षेत्रमा एमालेका श्रीप्रसाद मैनाली र कांग्रेसका केशवराज पाण्डे चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
१ को २ नम्वर क्षेत्रमा एमालेका वडाध्यक्षहरुले १०२२० मत, माओवादीले ५३६३ र राप्रपाले ८३४ मत प्राप्त गरेका थिए । यहाँ कांग्रेसको ७८६८ मत रहेको छ । यो क्षेत्रमा एमालेका गोपाल बुढाथोकी र कांग्रेसका अशोककुमार पोखरेल प्रतिष्पर्धामा छन् । यहाँको मतदाता सँख्या ४२,३५३ हो ।
क्षेत्र नम्वर २ को प्रदेशसभा क्षेत्र १ मा एमालेका वडाध्यक्षहरुले १०७१३ मत, माओवादीले ३१०९ र राप्रपाले ४०९८ मत प्राप्त गरेका थिए। यहाँ कांग्रेसको ९०६६ मत रहेको छ । यहाँको मतदाता सँख्या ५१,४९८ हो । यहाँ एमालेका एकराज कार्की र कांग्रेसका लक्ष्मण खड्का प्रतिष्पर्धामा छन् । २ को २ नम्वर क्षेत्रमा एमालेका वडाध्यक्षहरुले १६२७५ मत, माओवादीले ४७९१ र राप्रपाले १४३४ मत प्राप्त गरेका थिए। यहाँ कांग्रेसको १३८२४ मत रहेको छ । जम्मा मतदाता ६६७०७ जना रहेको क्षेत्रमा एमालेका बृष प्रधान र कांग्रेसका खड्ग प्रसाईं उम्मेद्वार रहेका छन् ।
क्षेत्र नम्वर ३ को प्रदेशसभा क्षेत्र नम्वर १ मा एमालेका वडाध्यक्षहरुले ८६०२ मत, माओवादीले ५७७६ र राप्रपाले ७६९६ मत प्राप्त गरेका थिए। यहाँ कांग्रेसको ९६८४ मत रहेको छ । एमालेका बसन्त वानियाँ र कांग्रेसका भुमिप्रसाद राजवंशीले उम्मेद्वारी दिनु भएको छ । यो क्षेत्रको मतदाता संख्या ५८८१७ रहेको छ । ३ को २ मा एमालेका वडाध्यक्षहरुले ११६९४ मत, माओवादीले ४६७७ र राप्रपाले ५१८५ मत प्राप्त गरेका थिए। यहाँ कांग्रेसको ८५७६ मत रहेको छ । ५५७७१ जना मतदाता रहेको यो क्षेत्रमा माओवादीका पूर्णसिंह राजवंशी र कांग्रेसका भगिरथ पोद्दार उम्मेद्वार छन् ।
क्षेत्र नम्वर ४ को प्रदेशसभा १ नम्वर क्षेत्रमा एमालेका वडाध्यक्षहरुले ११३७५ मत, माओवादीले ४०९४ र राप्रपाले १४१२ मत प्राप्त गरेका थिए। यहाँ कांग्रेसको ११,३६४ मत रहेको छ । यो क्षेत्रमा माओवादीका झलकसिंह दर्लामी र कांग्रेसका किरण भट्टराई उम्मेद्वार रहेका छन् । यो क्षेत्रको मतदातासँख्या ४७८५३ रहेको छ । ४ को २ मा एमालेका वडाध्यक्षहरुले १४५४१ मत, माओवादीले ४६३४ र राप्रपाले १६५५ मत प्राप्त गरेका थिए। यहाँ कांग्रेसको ११६०९ मत रहेको छ । यो क्षेत्रमा कुल मतदाता ६१५४८ रहेको छ भने एमालेका हिरा थापा र कांग्रेसका उत्तमकुमार शर्मा सुवेदी प्रतिष्पर्धामा छन् ।
क्षेत्र नम्वर ५ को १ मा एमालेका वडाध्यक्षहरुले १४७०३ मत, माओवादीले ७४६२ र राप्रपाले २५२६ मत प्राप्त गरेका थिए। यहाँ कांग्रेसको ११६९७ मत रहेको छ । यहाँ मततदाता संख्या ६७२५८ रहेको छ भने एमालेका हिक्मत कार्की र नेपाली कांग्रेसका अनिलकृष्ण प्रसाईं उम्मेद्वार रहेका छन् । ५ को २ नम्वर क्षेत्रमा एमालेका वडाध्यक्षहरुले १५९७५ मत, माओवादीले ५७०१ र राप्रपाले ६४४४ मत प्राप्त भएको थियो । यहाँ कांग्रेसको ९४५४ मत रहेको छ । कुल मतदाता ७०३०३ रहेको क्षेत्रमा एमालेका अर्जुन राई र कांग्रेसका राजनबहादुर ढुङ्गाना उम्मेद्वार उठेका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्रमा एमाले नेतृत्वको गठबन्धनमा ४ को १ मा सबैभन्दा कम ५५१७ मतको अन्तर छ भने सबैभन्दा बढी ५ को २ मा १८,६६६ मत अन्तर देखिएको छ ।
प्रतिनिधिसभाका १ र २ नम्वरका प्रदेशसभाका ४ वटै क्षेत्रमा ८ हजार भन्दा बढीको अन्तर देखिएको छ । ३ र ५ का प्रदेशसभाका ४ वटै क्षेत्रमा १२ हजारभन्दा बढीको फरक देखिनुले एमाले नेतृत्वको गठबन्धनलाई आफ्नो मत सुरक्षा र कांग्रेसलाई गठबन्धनको मत आफ्नोतर्फ पार्ने चुनावी रणनीति आवश्यक देखिएको छ ।



