
सवालनेपाल डेक्स
दमक/केशव स्थापित फेरी एकपटक चर्चामा आएकाछन् । बारम्बार चर्चामा आइरहने मानिसले सदबहार काठमण्डौको मेयर सम्झने गरेका स्थापित अहिले काठमण्डौमा प्रदेश सभा सदस्यका लागि चुनावी अभियानमा रहेकाछन् ।
काठमण्डौ क्षेत्र नं. ६ क बाट उनि उम्मेदवार बनेपछि फेरी उनको चर्चा चुलियो । काठमण्डौका मेयर बिद्याासुन्दर शाक्यलाइ जिताउन महत्वपूर्ण भूमिका खेलेका उनि यो पटक आफू नयाँ संरचना अनुसार संघीय राज्यको जनप्रतिनिधि बन्ने ध्याउन्नेका साथ हिडिरहेकाछन् ।
प्रदेश सभा सदस्यका लागि नै उनको नाम नचलेको भने थिएन तर उनलाइ लाग्यो प्रदेश सभामा गएर पनि नयाँ केहि काम गर्न सकिन्छ । यहि भएर उनि बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रदेश सभाको उम्मेदवार बने ।
अरु भन्दा फरक बिचार राखेर उनि निर्वाचनमा मत मागिरहेकाछन् ।
उनि बिदेशमा जाने युवाहरुलाइ यहि रोजगारी दिएर रोक्नु पर्छ भन्दै हिडेका छैनन् । युवालाइ रोजगारमा पठाउनु पर्छ भन्दै हिडिरहेकाछन् ।
तालिम दिएर सक्षम बनाएर, भाषा सिकाएर, अब्बल कामदार बनाएर बिदेश पठाउने र अहिलेभन्दा दशौ गुणा बढि तलव लिने गरी बिदेश पठाउने अवस्था सिर्जना गर्ने उनको प्रतिबद्धता रहेको छ ।
नेपाली सेना बिदेशमा जाँदा जसरी सम्मान पूर्वक गएर मिसन पुरा गरेर आउछ त्यसरी नै यहाँबाट कामका लागि जाने युवालाइ त्यसरी नै सम्मान पूर्वक गएर फर्कने बनाउन सकिने उनको योजनाहरु रहेकाछन् ।
उनि बिकासलाइ यहाँ स्वरुपमा बदल्न चाहान्छन् । सरकारकै निर्माण कम्पनीदेखि लिएर सबै प्रकारको श्रोत साधनमा बिकास गर्ने नयाँ सोच उनको रहेको छ । अहिलेको ठेक्कापट्टा प्रणालीको अन्त्यको पक्षमा मत मागिरहेकाछन् ।
आफुले अहिले धेरै नभन्ने तर धेरै गरेर देखाने उनको सोच छ ।
उनि भनिरहेकाछन,् ‘केशव स्थापित त्यसै स्थापित भएको छैन र कहिल्यै बिस्थापित पनि बन्दैन ।’ यसर्थ अब आफ्नो क्षेत्र नेपालको नमूना क्षेत्र बनाउदै स्थापित गर्ने उनको भिजन छ ।



