
नेपाली काँग्रेसका नेता एवं झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले क्षेत्रको बिकास नगरेको आरोपप्रति कडा कटाक्ष गरेकाछन् । उनले आफूले यस क्षेत्रको बिकासमा अरवौ बजेट पारेको दाबी समेत गरेकाछन् ।
उनले आफ्नो पहलमा यस क्षेत्रमा ३ अरब ५० करोड रुपिया बिनियोजन भएको जानकारी गराउदै भ्रमको पछि जनता नलाग्ने जनाए ।
झापाको भद्रपुरस्थित सिटी गार्डेनमा आज पत्रकारसँग भेटघाट गर्दै विगतमा आफूले जनताको संविधान बनाउँछु भनेर मत मागेको थिएँ, त्यो काम पूरा गरेकाले नै जनताले आफूलाई यस क्षेत्रबाट प्रतिनिधि बनाउने विश्वास व्यक्त गर्दै अब बिकासमा ध्यान दिने पनि जनाए ।
सिटौलाले संघीय प्रणालीमा मुलुक गइसकेपछि पहिलो निर्वाचनमा समृद्ध राष्ट्र निर्माण गर्न र जनताको संविधानलाई संस्थागत एवं संरक्षण गर्न आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण गर्न रू तीन अर्ब ५० करोडभन्दा बढी रकम राज्य कोषबाट विनियोजन गराएको जानकारी दिनुभयो ।



