गोपाल संग्रौला

 नेपाली कामदारको माग उच्च रहेको जनाउँदै कोरियाले आउँदो फागुनमा नवौं कोरियाली भाषा परीक्षाको आवेदन आह्वान गर्ने भएको छ । कोरियाले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै थप कामदारको छनोटका लागि फागुनमा भाषा परीक्षाको सूचना आह्वान गर्न लागेको हो । फागुनमा भाषा परीक्षाको सूचना सार्वजानिक गरी जेठमा परीक्षा सञ्चालन गर्ने योजना छ ।

कोरिया सरकारले भाषा परीक्षा गर्ने तयारी गरे पनि कोटा भने निर्धारण गरेको छैन । यो वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियाली भाषा परीक्षा पास भएका १२ हजार नेपाली युवाले रोजगार आवेदन फारम भरिरहेका बेला कोरियाले थप नेपाली लैजान इच्छा देखाएको छ । गत जेठमा संचालन गरिएको भाषा परीक्षामार्पmत १२ हजार नेपाली लैजाने जनाएको कोरियाले आफ्नो श्रम बजारको मागअनुसार लगत्तै अर्को भाषा परीक्षामार्पmत थप नेपाली छनोट गर्न लागेको हो ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालका अनुसार हाल रोजगार आवेदन दिइरहेका १२ हजार कामदारको समेत छिटो आवेदन फारम लिन कोरियाली पक्षले नेपालसँग अनुरोध गरेको छ । नेपाली पक्षले भने २०१७ को भाषा परीक्षामार्पmत हाल छनोट भएका १२ हजारभन्दा बढी नेपालीलाई पहिला लगेर मात्र अर्को परीक्षा गर्न सुझाएकोे भए पनि कोरियाले भने लगत्तै परीक्षा गर्न ईपीएस नेपाल शाखालाई अनुरोध गरेको छ । ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले कोरियामा नेपाली कामदारको माग उच्च रहेको कारण आठौं भाषा परीक्षामा अन्य १६ देशमध्ये नेपालबाट सबैभन्दा धेरै कामदारको माग गरेको बताए ।

कोरियाको श्रम बजारमा नेपाली कामदार मेहनती, इमान्दार र अन्य देशकाभन्दा कम अवैध रहेका कारण कोरियाली पक्ष नेपाली कामदारप्रति सकारात्मक भएको हो । शाखाका अधिकृत शोभाकर भण्डारीले रोजगार योग्य सूचि (रोष्टर)मा नेपाली कामदारको संख्या कम भएको जनाउँदै कोरियाले पास भएका १२ हजारको नामावली छिटो तयार गरेर पठाउन अनुरोध गरिएको बताए ।

रोष्टरमा नेपाली कामदारको संख्या १ हजार भन्दा कम रहेमा नयाँ रोष्टर तयार गर्नुपर्ने कोरियाली पक्षको भनाइ छ । हाल कोरिया जान रोष्टरमा लगभग ४ सय नेपालीमात्र रहेका छन । यो सन २०१५ देखि जान बाँकी रहेका नेपालीको संख्या हो । आठौं ईपीएस भाषा परीक्षामा पास भएर हाल रोजगार आवेदन दिइरहेका १२ हजार नेपालीको माग जनवरीबाट सुरु हुने जनाइएको छ ।

यसमध्ये आइतबारसम्म ४ हजारभन्दा बढीले रोजगार आवेदन फारम भरिसकेका छन् । यी १२ हजार आवेदक २०२० को जनवरीसम्म कोरिया जान सक्नेछन् । हालसम्म ४९ हजार ६ सय ४८ नेपाली ईपीएसमार्पmत रोजगारीका लागि कोरिया गइसकेका छन् । यसमध्ये महिला कामदारको संख्या ३ हजार भन्दा बढी छ ।

कोरियाले नेपाली कामदारको माग बढाउँदै लैजाने भएपछि अर्को वर्षदेखि रोजगार आवेदन फारम आंशिक रुपमा अनलाइनमार्पmत गर्ने योजना ईपीएस शाखाको छ । रोजगार आवेदनका लागि कामदारको सुविधा र भिडभाड कम गर्न रोजगार आवेदन पनि अनलाईन मार्पmत गर्ने तयारी गरिएको शाखाको भनाइ छ । (कारोबार दैनिकबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah