
दमक/झापा क्षेत्र नं. ५ का काँग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. खगेन्द्रपाण्डव अधिकारीले आफ्नो उम्मेदवारी यस क्षेत्रमा जित्नका लागि भएको बताएकाछन् । शुक्रबार बिहान प्रेस यूनियन माइपश्चिमले आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएकाहुन् ।
आफूले राम्रो सरकारी जागिर त्यसै छाडेर नआएको बताउदै लोकतन्त्र पक्षधरहरुले आफूलाइ मतदान गरेर जिताउने उनले दाबी गरे । जनता कसैको पेवा नहुने भन्दै गठबन्धनको हिसावकिताव फेल खाने उनको भनाइ थियो ।
चाहेको भए आफूले महिनाको १० लाखसम्म जागिर खाने हैसियत बनाएको भन्दै त्यो मोहले भन्दा पनि जनताको मोहले आफूलाइ यहाँ तानेको उनको जिकिर थियो ।
अहिले साम्यबादको खतरा बढेको र लोकतन्त्र मास्ने खेल भइरहेकाले एउटा काँग्रेस कार्यकर्ताको हैसियतले आफू जागिर छाडेर राजनीतिलाइ सहि दिशामा ल्याउन लागेको पनि उनले बताए ।
पार्टीको एक असल कार्यकर्ता हुनुको नाताले देशमा र पार्टीमा संकट उत्पन्न नहोस भनेर नै आफ् यस क्षेत्रको उम्मेदवार बनेको अधिकारीको भनाइ रहेको थियो । सबैको साथ र सहयोग आफूले पाएको बताउदै जित्नेमा ढुक्क रहेको उनले जनाए ।
आफूसंग पूर्णानन्द शर्मा, महेन्द्रकुमारी सुब्बा, शेरबहादुर भट्टराइ, बिश्वदीप लिङ्देनहरुजस्ता हस्तिहरु चुनावी अभियानमा लागेको बताउदै यसले थप उत्साहित बनेको पनि अधिकारीले बताए ।
सोहि अवसरमा प्रदेश सभा ५ क का उम्मेदवार अनिलकृष्ण प्रसाइ र ख का उम्मेदवार राजन ढुंगानाले पनि आफ्ना बिचार तथा एजेण्डाहरु राख्नु भएको थियो । लोकतन्त्रलाइ बचाउनका लागि आफूहरुको पक्षमा जनताले मत हाल्ने उनिहरुको दाबी रहेको थियो ।
पूर्व साँसद महेन्द्रकुमार सुब्बा लगायतले बोलेको कार्यक्रममा प्रेस यूनियनका जिल्ला सचिव गिरीराज भट्टराइले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व माइपश्चिम अध्यक्ष बिष्णु सुब्बाले गरेका थिए ।



