जनकपुरधाम :  स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएकी एक महिला आफ्नो छोरा सहित गाँजा व्यापारमा संलग्न रहेको आरोपमा पक्राउ परेकी छिन् । धनुषा जिल्लाको सबैला नगरपालिका- १३ ढोलवाजा टोलमा पसलनै थापेर लागुपदार्थ गाँजाको बिक्रीवितरण गर्दै आएका आमा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गणेशमान चारनाथ नगरपालिका ३ निवासी ५० वर्षीय कलसिया देवी महरा र उनका दुई छोराहरु २४ वर्षीय देवेन्द्र महरा र रामअवतार महरालाई प्रहरीले गोप्य सूचनाको आधारमा खानतलासी गर्दा अन्दाजी १० किलो गाँजासहित पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । पक्राउ परेका तीनै जना लामो समयदेखि लागु औषध गाँजाको कारोबारमा संलग्न रहेको जानकारी आफूहरुलाई प्राप्त भएको प्रउ सिंहले बताए ।

यसैक्रममा प्रहरीले जिल्लाको सबैला नगरपालिका- ८ स्थित ठिल्ला गाउँबाट अवैद्य हातहतियार ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा एक थान कटुवा पेस्तोल र एसएलआरमा लाग्ने तीन राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ५७ वर्षीय सकुर मिया र २० वर्षीय अनिल पासवान रहेको जनाइएको छ । पक्राउ परेका सबै अभियुक्तलाई अदालतमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

Image may contain: one or more people and people sitting

अन्न पूर्ण पोस्ट बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah