
दमक/ नेकपा एमालेका नेता एवं पूर्वमन्त्री अग्नी खरेलले नेपाली काँग्रेस बाम गठबन्धनबाट डराएर आत्तिएको बताएकाछन् । बाम गठबन्धन बिरुद्ध काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिब्यक्ति त्यसैको उदाहरण रहेको भन्दै उनले यस्तो बताएकाहुन् ।
उनले काँग्रेस नेतृत्वको सरकार असक्षम रहेको बताउदै त्यसको उदाहरण अहिलेसम्म प्रदेशको राजधानी र प्रदेश प्रमुख नतोकिनु भएको खरेलले बताएकाछन् ।
प्रदेशसभा सदस्यहरु निर्वाचित भएपछि कहाँ सपथ खाने ? कस्ले ख्वाउने ? अन्योल रहेको भन्दै यो भन्दा ठूलो असक्षमता के हुन सक्छ भन्दै उनले प्रश्न गरे ।
संबिधानको मर्म र भावाना अनूरुप बाम गठबन्धन बनेको जनाउदै यसबाट कोहि डराउनु र आत्तिनु नपर्ने खरेलले जनाए । संबिधानमा थ्रेसहोल्ड राख्नुको औचित्य पनि बिचार मिल्ने दलहरु एकठाँउ हुन् भन्ने रहेको खरेलको भनाइ थियो ।
झापाको दमकमा पत्रकारहरुसंग कुरा गर्दै खरेलले अहिलेको गठबन्धन धेरै मिहिनेतले गरिएको, हतारपतार गरेर नगरिएको भन्दै यसले नेपालको बिकास र सम्बृद्धिको ढोका खोल्ने दाबीे गरे ।



