काठमाडौं, ८ मंसिर । भारतले भारु पाँच सय र हजारको नोटमा प्रतिबबन्ध लगाएपछि महोत्तरीको सीमावर्ती गाउँका गृहिणीको भान्स एक सातादेखि महँगिएको छ ।
आजको अन्नपूर्ण पोष्टमा खबर छ –महोत्तरीको दक्षिणी क्षेत्रमा पर्ने सम्सी, मठियानी, जलेश्वरलगायतका एक दर्जनभन्दा बढी ग्रामीण क्षेत्रकाहजारौं बासिन्दाको जीवन महँगिएको हो । उनीहरु महँगीको मारमा छन् ।
भारतीय बजारमा बढेको महँगीले गरिब तथा विपन्न समुदायको जनजीवन यतिखेर थप प्रभावित बनेको छ ।
यहाँका सर्वसाधारणलाई एक किलो चिनी लिन पनि भारतीय बजार पुग्नुपर्ने बाध्यता छ । सीमा क्षेत्रका बासिन्दा सीमावर्ती भारतीय बजार टिठमोड , कन्माबेला, मधवापुर लगाउतका बजारमा नुन , तेल, चामल , दाल , पिठो , चिनी , चियापत्ती जस्ता दैनिक उपभोग्य सामाग्रीहरु खरिद गर्न जाने गरेका छन् ।



