नवराज सिलवालले करिब तीन दशक प्रहरी संगठनमा रहेर काम गरे । डीआईजी रहेका सिलवाललाई सरकारले आईजीपी नबनाएपछि कार्यसम्पादन मूल्यांकनका आधारमा आफू नै हुनुपर्ने भन्दै अदालत पुगे ।  

अति गोप्य रहने कार्यसम्पादन मूल्यांकन किर्ते गरेर उनले अदालतमा बुझाएको भन्दै सरकारको छानबिनको दायरामा परेका सिलवाल एमाले अध्यक्ष केपी ओलीको हातबाट टीका लगाउँदै पार्टी प्रवेश गरे ।

एमाले प्रवेश गरेलगत्तै सिलवालले ललितपुर १ बाट प्रतिनिधिसभाका लागि टिकटसमेत पाए । उनका प्रतिस्पर्धी कांग्रेसका युवा नेता उदय समशेर राणा हुन् । यति बेला सिलवाल घरदैलौ अभियानमा छन् ।  उनि किन र कसरी एमालेमा प्रवेस गरे त ? बाह्खरी अनलाइनमा दिएको अन्तरवार्ताको केहि अंश

 

मैले युनिफर्ममा रहँदा कहिले पनि राजनीति गरिनँ । जति पनि मैले प्रहरी सेवामा काम गरें निष्ठापूर्वक जनताको सेवा गरेँ । मेरो काम र प्रतिष्ठामा कसैले पनि औँला उठाउन सक्तैन ।

म आँफैं पनि कुनै पनि सरकारी सेवामा रहँदा राजनीति गर्नुहुँदैन भन्ने सिद्धान्तमा हिँड्ने मान्छे हुँ । प्रहरी संगठको कडा अनुशासन भित्र बसेर काम गरेको व्यक्ति हुँ म ।

आफ्नो जागिरे जीवनमा मैले कहिले पनि राजनीति गरिनँ भनेर मैले पटकपटक प्रष्ट पारिसकको छु । पछिल्लो समयमा एआईजीपीमा बढुवा हुने समयमा जुन खालको परिस्थिति बन्यो त्यो बेला मलाई एमालेले जसरी हात थाप्यो र मेरो पक्षमा उभिदियो, त्यो मेरा लागि ठूलो कुरा थियो ।

सहाराविहीन भएका बेला मलाई सहारा दिएको थियो । त्यसले पनि मलाई एमालेप्रति नजिक बनायो । र, म राजनीतिमा प्रवेश गर्ने भएपछि अरु पार्टी नभएर एमालेमा आएको हुँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah