
बिष्णुप्रसाद पोखरेल/दमक ।
झापाको क्षेत्र नं. ३ मा प्रतिनिससभा सदस्यमा लागि रोचक प्रतिस्पर्धा हुने भएको छ । दूइनना हेभिवेट नेताका कारण चर्चामा रहेको यस क्षेत्रको प्रमुख चुनावी एजेण्डा यहाँको बिकास भएको छ ।
नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्व उपप्रधान एवं गृहमन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन चुनावी प्रतिस्पर्धामा रहनु भएको छ ।
स्थानीयले भने अहिलेसम्म कसैले पनि यहाँ बिकासका लागि केहि नगरेको बताउदै अब बिकासका लागि आफूहरुले मतदान गर्ने बताउने गरेकाछन् ।
जसले बिकासका ठोस योजना ल्याएर बिश्वास दिलाउन सक्छ उनिहरुलाइ नै मत दिने भन्दै स्थानीयहरुले उम्मेदवारहरुलाइ भन्न थालेकाछन् । यो क्षेत्र आदिबासी समुदायको बाहुल्यता रहेको झापाको ग्रामिण क्षेत्र मानिन्छ । सिटौलाले लिङ्देनलाइ बारम्बार रुपमा परम्पराबादी सोच र लोकतन्त्र बिरुद्धका मुद्धा उठाएकाले आफूलाइ यहाँका मतदाताले जिताउने बताउदै आएको अवस्था समेत देखिन थालेको छ ।
सिटौलाले अहिलेसम्म आफूले देशको परिवर्तन र संबिधान निर्माणमा भूमिका खेल्नु परेकाले जनताको अपेक्षाकृत बिकास गर्न नसकेको भन्दै अब गर्ने भन्दै मतदातालाइ आश्वस्त पार्दै आउनु भएको छ । राप्रपाका महामन्त्री लिङ्देन बाम गठबन्धनको समर्थन जुठाएर उम्मेदवार बनेपछि चुनाव जित्न निक्कै कसरत गर्नु पर्ने अवस्थामा पुगेपछि ढुक्कै निर्वाचन अभियानमा खटिनु भएका सिटौलाले भन्नुभयो–‘मैले बिकास गर्दै गरिन भन्ने भ्रम छरिएको छ त्यो होइन मेरो क्षेत्रमा मैले अरवौको बजेट ल्याएर काम गरेको छु र म जति अरु कसैले ल्याउन सक्दैन ।’
यता स्थानीय स्तरमा राजतन्त्र र हिन्दु राष्ट्रको मागलाइ संगै उठाउदै आउनु भएका राप्रपा महामन्त्री लिङ्देनले हिन्दु राष्ट्र र राजतन्त्रको मुद्धाको बिषयमा जनताको सरोकारको बिषय नभएकाले आफ्नो मुख्य एजेण्डा नै बिकास भएको जनाउनु भएको छ । उहाँले परिवर्तिैत अवस्थामा अहिले यो मुद्धाको औचित्य नरहेको बताउनु भयो ।
उहाँले आफूलाइ राजतन्त्रबादी बनेर आरोप लगाउनुको कुनै तुक नरहेको भन्दै राम्रो मत ल्याएर यहाँबाट बिजय हुने उहाँको दाबी रहेको छ । झापाको क्षेत्र नं. ३ मा अहिले एकमिटर पनि कालोपत्रे नभएको भन्दै भएको भए देखाउनका लागि उहाँले चुनौती पनि दिनु भएको छ ।
हात्ती आँतकबाट दिनहु जनधनको क्षति हुने गरेको र सडकहरु धुलाम्मे भएको भन्दै अब आफूहरुले यहाँ २० बर्षमा नभएको काम ५ बर्षमा हुने भन्दै जनतालाइ बिश्वास दिलाइरहेको जनाउनु भयो । उहाँले भन्नुभयो–‘म यस क्षेत्रमा कालोपीच भएको देखाउन अनुरोध गर्छु, यहाँका जनताले पीच हेर्नका लागि भद्रपुर वा बिर्तामोड आउनु पर्ने अवस्था रहेको छ ।’



