प्रदेश नम्बर १
अधिकांश जिल्ला सभापति दाबेदार
कांग्रेसका ठूला नेता प्रदेश सभाको उम्मेदवार छैनन् । त्यसैले जिल्ला सभापतिहरू नै मुख्यमन्त्रीका दाबेदार देखिन्छन् । ताप्लेजुङबाट जिल्ला सभापति लीला बोखिम, पाँचथरबाट नरेन्द्र केरुङ, सुनसरीबाट राजीव कोइराला, उदयपुरबाट विदुर बस्नेत, सोलुखुम्बुबाट आङगेलु शेर्पा, खोटाङबाट विष्णु राई, धनकुटाबाट मनोहरनारायण श्रेष्ठ र तेह्रथुमबाट गोविन्द ढुंगाना उम्मेदवार छन् । उनीहरू नै मुख्यमन्त्रीका दाबेदार हुन् । यीमध्ये सभापति शेरबहादुर देउवाका सबैभन्दा निकट आङगेलु शेर्पा हुन् ।

प्रदेश नम्बर २
पूर्वराष्ट्रपति र कोषाध्यक्षका छोरासम्म
पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन धनुषा र कोषाध्यक्ष सीतादेवी यादवका छोरा डा. सुभाषचन्द्र सिरहाबाट उम्मेदवार छन् । त्यस्तै, नेविसंघका पूर्वसभापति रञ्जित कर्ण सप्तरी, पूर्वसांसद डा. गणेश मण्डल सिरहा, प्रेमकिशोर साह तथा रामसरोज यादव धनुषा र जनार्दन क्षेत्री पर्साबाट उम्मेदवार छन् । उनीहरू नै मुख्यमन्त्रीको दाबेदार हुन् ।

प्रदेश नम्बर ३
केन्द्रीय सदस्यदेखि पूर्वसांसदसम्म
सिन्धुलीका श्याम घिमिरे, मकवानपुरका इन्द्र बानियाँ, चितवनका दिनेश कोइराला, काभ्रेका कञ्चनचन्द्र बादे श्रेष्ठ, काठमाडौंका लोकेश ढकाल, भक्तपुरका गणेशमान चक्रधर र नुवाकोटका जगदीश्वरनरसिंह केसी मुख्यमन्त्रीका उम्मेदवार हुन् ।

प्रदेश नम्बर ४
तीन केन्द्रीय सदस्य दाबेदार
प्रदेश नम्बर ४ मा भने केन्द्रीय नेताहरू नै दाबेदार छन् । कृष्णचन्द्र नेपाली नवलपुर पूर्व १ (क), महेन्द्रध्वज जिसी (ख), तनहुँ १ (क) गोविन्द भट्टराई, तनहुँ २ (क) प्रदीप पौडेल, (ख) मा धु्रव वाग्ले, कास्की १ (क) जीवन परियार उम्मेदवार छन् । उनीहरु नै मुख्यमन्त्रीका दाबेदार हुन् । भट्टराई, पौडेल र परियार केन्द्रीय सदस्य हुन् । यीबाहेक कास्की ३ (क) शारदा पौडेल, स्याङ्जा १ (क) कमलप्रसाद पंगेनी पनि मुख्यमन्त्रीका दाबेदार हुन् ।

प्रदेश नम्बर ५
मुख्यमन्त्रीका दाबेदार लो–प्रोफाइलका
प्रदेश नम्बर ५ बाट कांग्रेसमा केन्द्रीयस्तरका नेता मुख्यमन्त्रीका दाबेदार छैनन् । कपिलवस्तु ३ (ख) बाट वीरेन्द्रकुमार कनौडिया, दाङ ३ (क) बाट डिल्लीबहादुर चौधरी, दाङ २ (क) बाट कमलकिशोर घिमिरे मुख्यमन्त्रीका दाबेदार हुन् ।

प्रदेश नम्बर ६
शाही र विष्ट दाबेदार
प्रदेश नम्बर ६ बाट कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही हुम्ला (ख) बाट प्रदेश सभामा उम्मेदवार बनेका छन् । सुर्खेत २ (ख) बाट तप्तबहादुर विष्ट पनि अर्कोे सम्भावित नाम हो ।

प्रदेश नम्बर ७
पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म
प्रदेश नम्बर ७ मा डडेल्धुरा (क) बाट रघुराज भट्ट, (ख) बाट कर्णबहादुर मल्ल, डोटी १ (क) बाट भरतबहादुर खड्का, बाजुरा (क) बाट जनकराज गिरी मुख्यमन्त्रीका दाबेदार हुन् । यीमध्ये गिरी पूर्वसहायकमन्त्री हुन् । खड्का सांसद भइसकेका छन् । मल्ल कांग्रेस डडेल्धुरा सभापति हुन् । बझाङ (ख) बाट उम्मेदवार बनेका पूर्वराज्यमन्त्री नरेशबहादुर सिंह पनि दाबेदार हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah