दमक/झापा १ मा यसरी जित्दैछन् राम कार्की १ मंसिर ,कांकरभित्ता। भुमिगत कालमा राम कार्की ,पार्थ क्षेत्री जस्ता उपनामले चर्चित माओवादी केन्द्रका नेता एवं पुर्व संचारमन्त्री सुरेन्द्रकुमार कार्कीलाई यतिबेला झापाको क्षेत्र नं.१ मा भ्याईनभ्याई छ । नेपालको वाम आन्दोलनमा प्रखर मार्क्सवादी चिन्तक र अध्यताको रुपमा परिचित कार्की वाम किल्लाको रुपमा चर्चा गरिने क्षेत्रका साझा वाम उम्मेदवार वनेकाले निकै उत्साहित छन्।

कार्की भन्छन् -‘ एमाले माओवादी गठवन्धनमा हिजोको सिङ्गो मेची अञ्चलभरि संघ तर्फ म एकमात्र माओवादी उम्मेदवार हुं।’ वांकी सवै क्षेत्रमा संघमा माओवादीले एमालेलाई सघाउने भएकाले यस क्षेत्रमा एमालेको सहयोग सम्पुर्ण रुपमा पाउनेमा कार्की ढुक्क छन् ।

‘एमालेका मित्रहरु यसलाई जीवनमरणको प्रश्न वनाएर अहोरात्र खट्नुभएको छ।’- भन्दै कार्की थप्छन् – ‘ अन्यत्र के छ थाहा छैन , तर झापा १ मा त करिव पार्टी एकता नै भैसकेको जस्तो माहौल छ।’ कार्कीको चुनावी अभियानमा निवर्तमान सांसद एवम् मेची नगरका पुर्व मेयर रविन कोइरालादेखि लिएर वाम गठवन्धन हुनुअघि एमालेवाट शिफारिश भएका गोपालचन्द्र वुढोथोकीसम्म कुनै बखत छुटेका छै‌नन्।

वुढाथोकी प्रदेश सभा ख का उम्मेदवार नै वनेका छन्। उता प्रदेश क मा पनि एमालेका श्रीप्रसाद मैनाली झन् उत्साहले लागेका छन्। मजदुर आन्दोलनवाट आएका मैनाली सामाजिक क्षेत्रमा प्रतिष्ठित मानिन्छन् । कार्कीको चुनावी अभियानमा मेची नगरका लोकप्रिय नेता विष्णु प्रसाईं पनि उत्तिकै खटेका छन्। यता शिर्ष नेता पाएर कार्कीको पार्टी माओवादी केन्द्रका सवै स्थानीय नेता कार्यकर्ता दिलोज्यानले लागेका छन् ।

माओवादी केन्द्रका क्षेत्रीय इन्चार्ज वोधराज दाहाल’असिम’, संजोग भण्डारी, हंसलाल राजवंशी लगायतका सवै नेता कार्यकर्ताहरु सम्पुर्ण तागतका साथ चुनावी अभियानमा होमिएका छन्। गत स्थानीय तहको निर्वाचनमा वाम गठवन्धनको मत काङ्ग्रेस भन्दा एघार हजार भन्दा वढि छ।यसमा कार्कीलाई यसपटक राप्रपाको मत पनि थपिने भएको छ। झापामा राप्रपाले ३ नं.क्षेत्र लिएर वांकी सवै क्षेत्रमा वाम गठवन्धनलाई सघाउने सहमति भएको छ।

यसअघि भएका ५ वटा केन्द्रीय तहका निर्वाचनमा झापा १ मा एकपटक मात्र काङ्ग्रेसले जितेको छ।वांकी चारैपटक वामपन्थीले जितेको छ। कार्कीले चुनावी अभियानलाई विजय अभियानको संज्ञा दिएका छन्। आफ्ना प्रतिद्वन्द्वी विश्वप्रकाश शर्मा चुनावी दौडमा निकै पछि परिसकेको कार्कीको ठहर छ ।

भाषणकै दौरान हेरक चुनावी सभामा कार्कीले दिएको नारा यस्तो छ : वेघरवारलाई घरघडेरी , वेरोजगारलाई काम समाजवादी सपना हाम्रो कम्युनिष्ट पार्टी नाम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah