बिष्णुप्रसाद पोखरेल
दमक/राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले सूर्य र गोलाकारभित्र हसिया हतौडा चिन्हमा भोट नहाल्नेहरु राप्रपा हुन नसक्ने बताएकाछन् ।

उनले झापाको दमकमा राप्रपा सहितको बाम गठबन्धनको संयुक्त चुनावीसभामा बोल्दै यस्तो बताएकाहुन् । उनले काँग्रेससंगको गठबन्धन आफूलाइ शुरुवातदेखि नै मन नपरेको र ठूलो पाप हुने ठानेको स्मरण गर्दै भगवानले आफूलाइ त्यो पापबाट जोगाएको जनाए ।

उनले केपी ओलीलाइ राप्रपाका कार्यकर्ताले हालेको मतले आफूले जित्ने दाबी गरे । उनले क्षेत्र नं. ३ मा गठबन्धनले बिशेष गरेर ओली र प्रचण्डले राप्रपालाइ संगै लैजान गरेको प्रयासको ऋणि भएको बताउदै यस्तो बताएकाहुन् ।

उनले गठबन्धनलाइ जिताउन कार्यकर्ताहरुलाइ लाग्न निर्देशन दिदै भने–‘यहाँ ओलीलाइ सूर्य चिन्हमा हालेको मतले म त्यहाँ ३ नम्बरमा जित्छु ।’

महामन्त्री लिङ्देनले गठबबन्धन बिपरीत मत माग्ने र हाल्ने काम भएमा मंसिर २२ पछि राप्रपामा संगै जान नसकिने स्पष्ट हुन भन्दै चेतावनी पनि दिएका थिए । निक्कै उत्साहित रुपमा चुनावीसभामा बोलेका लिङ्देनले झापामा आफू सहित झापामा सबै गठबन्धनका उम्मेदवारहरुको जित भएको दाबी गरे ।

लिङ्देनले भाषण सकेपछि अन्तिममा मुठ्ठि पनि कसे । आफूलाइ राम्ररी नआउने र भर्खरै सिक्दै गएको भन्दै कोमल वलीतर्फ फर्केर कसरी गर्ने ? भनेर सिकाइ पनि मागेका थिए । लिङ्देनले त्यसो भनिरहदा दर्शकहरु भने हासेका थिए ।

त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि लिङ्देनका लागि मत मागि दिएका थिए । लिङ्देन नयाँ सोच र बिचार भएको नेता भन्दै ओलीले प्रशंशा गर्दै एमाले सधै इमानमा रहने पार्टी भएको भन्दै कसैलाइ बेइमान नगर्न आग्रह गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah