काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पेश गरेका उमेदवारहरुको बन्दसूची अन्तिमरुपमा सार्वजनिक गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले आइतबार निर्वाचन आयोगमा समानुपातिक प्रणालीतर्फ उमेदवारहरुको बन्दसूची सार्वजनिक गरेका हुन् ।

सार्वजनिक बन्दसूचीमा प्रतिनिधिसभा सदस्यतर्फ २ हजार २७३ उमेदवार कायम रहेका छन् । यसैगरी, सातवटै प्रदेशका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रदेशसभा सदस्यका लागि ३ हजार ५६५ उमेदवार कायम भएका छन् ।

सूचीअनुसार प्रदेश नं. १ मा ५७७, प्रदेश नं. २ मा ८०४, प्रदेश नं. ३ मा ७७४, प्रदेश नंं ४ मा ३१९, प्रदेश नं. ५ मा ६०४, प्रदेश नं. ६ मा २०६ र प्रदेश नं. ७ मा २८१ उमेदवार कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

यो बन्द सूचीमा रहेका उमेदवारहरु प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल भरी मान्य हुने आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

दलले असोज २९ गते पेश गरेका उमेदवारहरुको बन्दसूचीको प्रारम्भिक विवरण आयोगले कात्तिक १७ गते सार्वजनिक गरेको थियो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ राजनीतिक दलका र प्रदेशसभा सदस्यका लागि ५३ राजनीतिक दलका गरी जम्मा ६ हजार ९४ उमेदवार बन्दसूचीमा समावेश भएका थिए ।

अन्तिम रुपमा सार्वजनिक गरिएको बन्दसूचीमा यसअघि प्रारम्भिक बन्दसूचीमा रहेका मध्ये २५६ जना उमेदवारको नाम हटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah