जिल्ला प्रहरी कार्यालय झापाले मतदानका दिन परिचालन गरिने सुरक्षा व्यवस्थाका लागि रणनीति बनाइसकेको छ । झापामा २८३ मतदान स्थललाई सुरक्षाको दृष्टिकोले झापा प्रहरीले तीन चरणमा विभाजन गरिसकेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार झापामा ४९ वटा अतिसंवेदनशिल, १०५ वटा संवेदनशिल र १२९ वटा सामान्य गरी मतदान स्थलको विभाजन गरिसकेका छौ ।

झापा क्षेत्र नम्बर ५ मा सबै भन्दा बढी १४ वटा अतिसंवेदनशिल मतदान स्थल रहेको छ भने, झापा क्षेत्र नम्बर ३ मा ११ वटा र बाँकी १, २ र ४ वटा क्षेत्रमा ८/८ वटा अतिसंवेदनशिल मतदानस्थल रहेको नायव प्रहरी उपरीक्षक बस्नेतले बताए ।

भारतीय खुल्ला सीमावर्ती क्षेत्रसंग जोडिएको मतदान स्थल रहेकोले सुरक्षाको दृष्टिकोणले सोही अनुसारमा विभाजन गरिएको उनले बताए । केन्द्रीय सुरक्षा परिचालन निति अनुसार झापामा २ हजार प्रहरी र २७५५ म्यादी प्रहरी गरी ४७५५ प्रहरी खटाइने छ ।

प्रत्येक क्षेत्रमा सात वटा मोवाईल प्रहरी गस्ती पनि परिचालन गरिने छ, भने सशस्त्र प्रहरी र नेपाली सेना पनि खटाइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah