
झापाको क्षेत्र नं. ५ प्रदेशसभा क का उम्मेदवार हिक्मत कार्कीले गौरीगन्ज अब आधूनिक र सुबिधासम्पन्न ठाँउ बन्ने बताएकाछन् । राप्रपा सहितको बाम गठबन्धनका साझा उम्मेदवार कार्की चुनावी अभियानको क्रममा केहि दिनदेखि गौरीगन्ज क्षेत्रमा रहेकाछन् ।
नेपाल सरकारले हुलाकीमार्गमा पर्ने बिभिन्न स्थानलाइ स्मार्टसिटी बनाउने योजना अघि सारेको बताउदै यसमा गौरीगन्जमा पनि रहेको भन्दै यसलाइ कार्यन्वयन गर्न आफू कटिबद्ध हुने जनाए ।
कार्कीले स्थानीय जनताको समस्याको बिषयमा आफू जानकार रहेको बातउदै यस क्षेत्रले गर्व गर्न लायक काम गर्ने जनाए । उनले आफूले यस क्षेत्रका जनताको शिर झुकाउने गरी काम नगर्ने समेत प्रतिबद्धता जनाए ।



